Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

दुईजना वैकल्पिक केन्द्रीय सदस्यलाई माओवादीले गर्‍यो कारबाही


काठमाडौं। माओवादी केन्द्रले पार्टीका दुई जना केन्द्रीय सदस्यलाई कारबाही गरेको छ ।

उक्त पार्टी विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा वैकल्पिक केन्द्रीय सदस्यहरू विरु तमाङ र उमा विकलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो ।

माओवादीको २८ पुसमा बसेको स्थायी कमिटी बैठकले भक्तपुरका तामाङ र कपिलवस्तुकी विकलाई कारबाही गर्ने निर्णय गरेको परिपत्र जारी गरेको छ ।

त्यस्तै भूकम्प प्रभावित क्षेत्रमा चीनले सरकारको तर्फबाट वितरण गर्न लगिएको राहत सामग्री वितरणका गर्ने क्रममा विवाद उत्पन्न भई चिनियाँ टोली प्रमुख महिलामाथि हातपात भएको घटनालाई लिएर अर्का वैकल्पिक केन्द्रीय सदस्य गोरख बहादुर केसीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

वैकल्पिक केन्द्रीय सदस्य नैन प्रसाद पहाडीले प्राविधिक कारण देखाइ दिएको राजीनामालाई स्वीकृत गर्ने निर्णय पनि माओवादी केन्द्रले गरेको छ ।


प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?