२५ श्रावण, सर्लाही । सर्लाहीमा एक युवकको टाउको फेला परेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवन नगपालिका–४, स्थित लखन्देखी पुलमुनि एक युवकको टाउको मात्रै फेला परेको हो । उनको परिचय खुल्न बाँकी रहेको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरू गरिसकेको जानकारी दिएको छ । घटनास्थलको अवस्था हेर्दा युवकको भर्खरै हत्या भएको
२५ श्रावण, सङ्खुवासभा। सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा बुधबार दुई कैदीको मृत्यु भएको घटनामा उनीहरुका परिवारजनले शव बुझ्न मानेका छैनन् । प्रहरीको कुटाइबाट कैदीबन्दीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले शव बुझ्न नमानेका हुन् । कारागारमा रहेका मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको
२५ श्रावण, एजेन्सी । राजधानी खार्तुमको उत्तरमा अवस्थित ओमदुरमान शहरमा सुडानी सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको भिडन्तमा छ जना सुडानी गुप्तचर अधिकारीको मृत्यु भएको छ । ओमदुरमानमा सुडानी सेना र आरएसएफबीच भएको झडपमा छजना उत्कृष्ट गुप्तचर अधिकारीले ज्यान गुमाएका रक्षा मन्त्रालयले जनाएको छ । बुधबार पनि उक्त
२५ श्रावण, एजेन्सी । सिरियाको दक्षिणी प्रान्त दारामा बुधबार सडक किनारमा छाडिएको बम विस्फोट हुँदा एक सिरियाली टेलिभिजन पत्रकारसहित दुई जना सैनिक जवानको मृत्यु भएको छ । निजी स्वामित्वमा रहेको सामा टिभीका संवाददाता फिरास अल–अहमद र सशस्त्र सेनाका दुई सदस्य दारा प्रान्तमा लागुऔषध विरुद्धको अभियानबाट फर्कने क्रममा बाटोमा छाडिएको बम विस्फोटमा
२५ श्रावण, एजेन्सी । महात्मा गान्धीका पनाति तुसार गान्धी पक्राउ परेका छन् । शान्ताक्रुज प्रहरीले उनलाई आज बिहान पक्राउ गरेको हो । ‘भारत छोडो आन्दोलन’ स्मृति दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन क्रान्ति मैदानतर्फ गइरहेका बेला उनलाई पक्राउ गरिएको हो । सामाजिक सञ्जालमा गान्धीका पनातिले ‘ यो ऐतिहासिक दिनमा बापु
२५ श्रावण, म्याग्दी । म्याग्दीका छ हजार दुई सय २५ घरधुरीमा खानेपानीको पहुँच विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लामा सञ्चालन गरेका खानेपानी आयोजनाबाट खानेपानीको पहुँच पुगेको हो । जिल्लामा कार्यालय स्थापना भएको छ वर्षको अवधिमा सञ्चालित खानेपानी आयोजनाबाट ३१ हजार व्यक्ति लाभान्वित बनेका खानेपानी, जलस्रोत
२५ श्रावण, काठमाडाैँ । गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपदद्वारा ५० जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ती जिल्लामा भएका बाढी पहिरोलगायत मनसुनजन्य विपद परेर ४१ जनाले ज्यान गुमाएका छन् । एकतीस जना बेपत्ता छन् । ती जिल्लामा विपदद्वारा ५५ जना घाइते भएका गृह मन्त्रालयको
२५ ,श्रावण ,काठमाडौँ । नेपालसँगै विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी भइसकेको चलचित्र ‘महानगर’ (वान नाइट इन काठमाडौँ) को दृश्यसहितको प्रचार सामग्री (ट्रेलर) सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य कलाकार अभिनेता कार्म र अभिनेत्री मेनुका प्रधान वरिपरि घुमेको ट्रेलरले महानगरको सपना र यथार्थलाई दुई चरित्रमार्फत प्रस्तुत गर्ने प्रयास गरेको छ ।
२५ ,श्रावण ,कृष्णनगर । भारतको पञ्जाबबाट १६ वर्षीया एक किशोरीको उद्धार गरिएको छ । कञ्चनपुर घर भएकी ती किशोरीलाई मङ्गलबार उद्धार गरी नेपाल ल्याइएको छ । भारतमा रहेको अखिल भारत नेपाली एकता मञ्चकी मोनिका बरालको सहयोगमा भारत पञ्जाबको लुधियानामा अलपत्र परेको अवस्थामा उनलाई उद्धार गरिएको शान्ति पुनःस्थापना गृह कपिलवस्तुले जनाएको
२५ ,श्रावण ,भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा १० विपन्न दलित परिवारले नयाँ घर पाएका छन् । आर्थिक अवस्था कमजोर हुँदा घर बनाउन नसकेर टहरामा बस्दै आएका विपन्न परिवारले घर पाएका हुन् । गरिबीका कारण वर्षौंदेखि टहरामा पालमुनि बस्दै आएका परिवारको पहिचान गरेर घर निर्माण गरिएको हो । सरकारको जनता