Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

बम विस्फोट हुँदा टेलिभिजन पत्रकार मारिए


२५ श्रावण, एजेन्सी । सिरियाको दक्षिणी प्रान्त दारामा बुधबार सडक किनारमा छाडिएको बम विस्फोट हुँदा एक सिरियाली टेलिभिजन पत्रकारसहित दुई जना सैनिक जवानको मृत्यु भएको छ ।

निजी स्वामित्वमा रहेको सामा टिभीका संवाददाता फिरास अल–अहमद र सशस्त्र सेनाका दुई सदस्य दारा प्रान्तमा लागुऔषध विरुद्धको अभियानबाट फर्कने क्रममा बाटोमा छाडिएको बम विस्फोटमा मारिएका राज्य सञ्चालित टेलिभिजनले जनाएको छ । आतङ्कवादीहरूले सडकमा बम राखेका सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै उक्त टेलिभिजनले जनाएको छ ।

दारा राष्ट्रपति बसर अल–असदको शासनविरुद्धको विद्रोहमा खरो उत्रिएको स्थान हो । त्यहाँ रूसको समर्थनमा युद्धविराम सम्झौता भएपछि उक्त प्रान्त दमास्कसको नियन्त्रणमा आएको हो । यो प्रान्त वर्षौंदेखि हिंसाको चपेटामा परेको छ ।

प्रेस स्वतन्त्रता समूह रिपोर्टर्स विदाउट बोर्डर्सका अनुसार सन् २०११ मा गृहयुद्ध सुरु भएयता सिरियामा कम्तीमा दुई सय ७९ पत्रकार मारिएका छन् । सिरिया द्वन्द्वले पाँच लाखभन्दा बढीको ज्यान लिइसकेको छ ।


प्रकाशित मिति: २५ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?