Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
५ फाल्गुन २०८२, मंगलवार
५ फाल्गुन २०८२, मंगलवार

बम विस्फोट हुँदा टेलिभिजन पत्रकार मारिए


२५ श्रावण, एजेन्सी । सिरियाको दक्षिणी प्रान्त दारामा बुधबार सडक किनारमा छाडिएको बम विस्फोट हुँदा एक सिरियाली टेलिभिजन पत्रकारसहित दुई जना सैनिक जवानको मृत्यु भएको छ ।

निजी स्वामित्वमा रहेको सामा टिभीका संवाददाता फिरास अल–अहमद र सशस्त्र सेनाका दुई सदस्य दारा प्रान्तमा लागुऔषध विरुद्धको अभियानबाट फर्कने क्रममा बाटोमा छाडिएको बम विस्फोटमा मारिएका राज्य सञ्चालित टेलिभिजनले जनाएको छ । आतङ्कवादीहरूले सडकमा बम राखेका सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै उक्त टेलिभिजनले जनाएको छ ।

दारा राष्ट्रपति बसर अल–असदको शासनविरुद्धको विद्रोहमा खरो उत्रिएको स्थान हो । त्यहाँ रूसको समर्थनमा युद्धविराम सम्झौता भएपछि उक्त प्रान्त दमास्कसको नियन्त्रणमा आएको हो । यो प्रान्त वर्षौंदेखि हिंसाको चपेटामा परेको छ ।

प्रेस स्वतन्त्रता समूह रिपोर्टर्स विदाउट बोर्डर्सका अनुसार सन् २०११ मा गृहयुद्ध सुरु भएयता सिरियामा कम्तीमा दुई सय ७९ पत्रकार मारिएका छन् । सिरिया द्वन्द्वले पाँच लाखभन्दा बढीको ज्यान लिइसकेको छ ।


प्रकाशित मिति: २५ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?