Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

सुडानमा छ जना गुप्तचर अधिकारी मारिए


२५ श्रावण, एजेन्सी । राजधानी खार्तुमको उत्तरमा अवस्थित ओमदुरमान शहरमा सुडानी सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको भिडन्तमा छ जना सुडानी गुप्तचर अधिकारीको मृत्यु भएको छ ।

ओमदुरमानमा सुडानी सेना र आरएसएफबीच भएको झडपमा छजना उत्कृष्ट गुप्तचर अधिकारीले ज्यान गुमाएका रक्षा मन्त्रालयले जनाएको छ । बुधबार पनि उक्त शहरमा हिंसात्मक झडप जारी रहेको प्रत्यक्षदर्शीले बताएका छन् । मङ्गलबार दुवै पक्षले धेरै जना विपक्षीलाई मारेको तथा घाइते बनाएको दाबी गरेका थिए ।

यसैबीच, सुडान डाक्टर सिन्डिकेटले बुधबार एक विज्ञप्ति जारी गर्दै ओमदुरमान र करारी क्षेत्रमा व्यापक बमबारी भएको र धेरैले ज्यान गुमाएका र अन्य केयौँ घाइते भएका जनाएको छ । अल–थवरा क्षेत्रको अलनाव अस्पताललाई शल्यक्रियाकर्मी र आपतकालीन आपूर्तिका सामग्रीका साथै सबै समूहको रगतको आवश्यकता परेको बताएको छ ।

सुडानी स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार गत अप्रिल १५ देखि राजधानी खार्तुम र अन्य क्षेत्रमा सुडानी सेना र आरएसएफबीचको सङ्घर्षमा तीन हजारभन्दा बढीको मृत्यु भइसहेको छभने छ हजारभन्दा बढी घाइते भएका छन् ।


प्रकाशित मिति: २५ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?