२५ श्रावण, चितवन । चितवनका नर्सिङ कलेज बन्द भएपछि सञ्चालकहरु आन्दोलित भएका छन्। उनीहरुले चिकित्सक शिक्षा सरोकार सङ्घर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम अघि बढाएका छन्। विगतमा सञ्चालन हुँदै आएका नर्सिङ कलेज राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ का कारण कलेजहरू बन्द हुन पुगेको भन्दै उनीहरु आन्दोलित भएका हुन्। उक्त सङ्घर्ष समितिले
२५ श्रावण, काठमाडाैँ । वैदेशिक रोजगार विभागको अवरुद्ध भएको अनलाइन सेवा आजदेखि पुनःसञ्चालनमा आएको छ । विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल ‘सर्भर माइग्रेट’ गर्नुपर्ने भएकाले मङ्गलबारदेखि अवरुद्ध भएको सेवा आजदेखि पुनःसञ्चालनमा आएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए । उनका अनुसार अवरुद्ध भएको अनलाइन सेवा आजदेखि सञ्चालनमा आएकाले
२५ श्रावण, काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई समयानुसार परिवर्तन गर्दै लैजानुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ प्रदेश (ख) र वडा नं ३१ ले आज यहाँ आयोजना गरेको ‘संयुक्त सम्मेलन’लाई आज उद्घाटन गर्दै उनले पार्टीलाई समय र परिस्थिति अनुसार परिवर्तन गर्दै लैजानुपर्ने बताए ।
२५ श्रावण, काठमाडाैँ । नागरिकले चालक अनुमतिपत्र पाउन डेढवर्षसम्म कुरिरहँदा लाखौँ सेवाग्राहीले भने छापिएर आएको अनुमतिपत्र लिएका छैनन् । अहिले झण्डै दुई लाखभन्दा बढी अनुमतिपत्र थन्किएर रहेको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले जनाएको छ । कतिपय सेवाग्राहीले एउटा वर्गभन्दा थप वर्गको अनुमतिपत्र लिएकाले, कतिपय विदेश गएकाले र कतिपय काठमाडौँ उपत्यका बाहिर गएकाले
२५ श्रावण, एजेन्सी । हवाई टापुको माउई जङ्गलमाा लागेको डढेलोमा परी ३६ जनाको मृत्यु भएको छभने केयौँ घाइते भएका छन् । डढेलोले हवाईका ग्रामीण क्षेत्रमा व्यापक क्षति पुर्याएको छभने भवनहरू ध्वस्त भएका छन्, अस्पतालहरू भत्किएका छन् र सयौँ विस्थापित भएका छन् । माउई काउन्टीका अधिकारीहरूले बिहीबार बिहान एक विज्ञप्ति जारी गर्दै
२५ श्रावण, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विभागीय मन्त्रीबीच सरकारको चालु आवको वार्षिक नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका सम्बन्धमा कार्यसम्पादन सम्झौता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा प्रधानमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहाल र २१ मन्त्रालयका विभागीय मन्त्रीबीच कार्यसम्पादन सम्झौता भएको हो । प्रधानमन्त्री दाहालले विभिन्न समयमा
२५ श्रावण, काठमाडाैँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी मनमोहन कार्डियोथेरासिस एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् । मन्त्री गुरूङको ब्लड प्रेसर लो भएको छ । अहिले उनको थप परीक्षण भइरहेको जानकारी दिइएको छ ।
२५ श्रावण, दाङ । विगत दश वर्षदेखि डाँसबहादुर डाँगी माहुरीपालन व्यवसायमा सक्रिय छन् । उनि २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बङ्गलाचुली गाउँपालिका–४ को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनले स्थानीय जातको सेरेना माहुरीलाई व्यावसायिकरुपमा पालन गर्दै आएका छन् । उनले भने “सेरेना माहुरीलाई जङ्गलबाट खोजेर ल्याउनुपर्छ
२५ श्रावण, स्याङ्जा । स्याङ्जाको वालिङमा नागरिकको ‘स्वास्थ्य सवलताका लागि नर्सिङ घरदैलो कार्यक्रम’ सञ्चालन गरिएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र वालिङ नगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर भई उक्त कार्यक्रम सञ्चालनमा आएको हो । प्राय नसर्ने रोगका कारण धेरै नागरिकले ज्यान गुमाउन बाध्य भएकाले स्वास्थ्यसम्बन्धी चेतना फैलाउन उक्त कार्यक्रम सञ्चालनमा
२५ श्रावण, काठमाडाैँ । सैनिक कल्याणकारी कोषको कुल सम्पति ७७ अर्ब ६१ करोड एक लाख पुगेको छ । उक्त रकममध्ये रु ७१ अर्ब पाँच करोड ६१ लाख विभिन्न बैँकमा मौज्दात रहेको रक्षा मन्त्रालयको चाैँथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षामा जानकारी दिइयो । बाँकी रु छ अर्ब ५५ करोड ४० लाख