Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

वडाध्यक्ष डाँगीको माहुरीपालन


२५ श्रावण, दाङ । विगत दश वर्षदेखि डाँसबहादुर डाँगी माहुरीपालन व्यवसायमा सक्रिय छन् । उनि २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बङ्गलाचुली गाउँपालिका–४ को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

उनले स्थानीय जातको सेरेना माहुरीलाई व्यावसायिकरुपमा पालन गर्दै आएका छन् । उनले भने “सेरेना माहुरीलाई जङ्गलबाट खोजेर ल्याउनुपर्छ । पछिल्लो समय करिब डेढ सय घार बनाउन सफल भएको थिएँ । विविध कारणले पनि पछिल्लो समय माहुरीको घार सङ्ख्या घटेको छ ।”

वडाध्यक्षमा निर्वाचित भएपछि घरभन्दा जनताका लागि समय दिन थालेपछि माहुरीको घार घट्न पुगेको उनले बताए । उनले भने, “राजनीति मात्रै गर्दा घरमा बढी समय दिन पाइन्थ्यो तर अहिले जनप्रतिनिधि भएपछि घरभन्दा जनताको काममा बाहिर बढी समय दिनुपर्ने भएको छ । यसले गर्दा घरमा माहुरीलाई समय दिन पाएको छैन ।”

पहाडी क्षेत्रमा चिउरीलगायतका विभिन्न फलफूलका बिरुवा हुने भएकाले चरणको समस्या नहुने भए पनि माहुरीलाई अरिङ्गाल र बच्छिउबाट बचाउन समस्या हुने गरेको उनले बताए । उनले भने, “शून्य घारबाट सुरु गरेको माहुरीलाई बढाउँदै डेढ सयसम्म लगेको थिए, तर राजनीतिमा लागेपछि घरमा समय दिन पाइँदैन यसले गर्दा माहुरी अहिले माहुरीको घार घटेर ५० देखि ६० घार मात्रै भएका छन् ।”


प्रकाशित मिति: २५ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?