Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

वडाध्यक्ष डाँगीको माहुरीपालन


२५ श्रावण, दाङ । विगत दश वर्षदेखि डाँसबहादुर डाँगी माहुरीपालन व्यवसायमा सक्रिय छन् । उनि २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बङ्गलाचुली गाउँपालिका–४ को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

उनले स्थानीय जातको सेरेना माहुरीलाई व्यावसायिकरुपमा पालन गर्दै आएका छन् । उनले भने “सेरेना माहुरीलाई जङ्गलबाट खोजेर ल्याउनुपर्छ । पछिल्लो समय करिब डेढ सय घार बनाउन सफल भएको थिएँ । विविध कारणले पनि पछिल्लो समय माहुरीको घार सङ्ख्या घटेको छ ।”

वडाध्यक्षमा निर्वाचित भएपछि घरभन्दा जनताका लागि समय दिन थालेपछि माहुरीको घार घट्न पुगेको उनले बताए । उनले भने, “राजनीति मात्रै गर्दा घरमा बढी समय दिन पाइन्थ्यो तर अहिले जनप्रतिनिधि भएपछि घरभन्दा जनताको काममा बाहिर बढी समय दिनुपर्ने भएको छ । यसले गर्दा घरमा माहुरीलाई समय दिन पाएको छैन ।”

पहाडी क्षेत्रमा चिउरीलगायतका विभिन्न फलफूलका बिरुवा हुने भएकाले चरणको समस्या नहुने भए पनि माहुरीलाई अरिङ्गाल र बच्छिउबाट बचाउन समस्या हुने गरेको उनले बताए । उनले भने, “शून्य घारबाट सुरु गरेको माहुरीलाई बढाउँदै डेढ सयसम्म लगेको थिए, तर राजनीतिमा लागेपछि घरमा समय दिन पाइँदैन यसले गर्दा माहुरी अहिले माहुरीको घार घटेर ५० देखि ६० घार मात्रै भएका छन् ।”


प्रकाशित मिति: २५ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?