Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

हवाई टापुको जङ्गलमा डढेलो, ३६ जनाको मृत्यु


२५ श्रावण, एजेन्सी । हवाई टापुको माउई जङ्गलमाा लागेको डढेलोमा परी ३६ जनाको मृत्यु भएको छभने केयौँ घाइते भएका छन् ।

डढेलोले हवाईका ग्रामीण क्षेत्रमा व्यापक क्षति पुर्याएको छभने भवनहरू ध्वस्त भएका छन्, अस्पतालहरू भत्किएका छन् र सयौँ विस्थापित भएका छन् । माउई काउन्टीका अधिकारीहरूले बिहीबार बिहान एक विज्ञप्ति जारी गर्दै आगो निभाउने प्रयास जारी रहेको जनाएको छ ।

११ हजारभन्दा बढीलाई माउईबाट हवाई उद्धार गरिएको छ । धेरै विमान कम्पनीले उद्धार उडान थपेका छन्भने भाडा पनि घटाएका छन् ।

तेज हावा र सुक्खा अवस्थाले हवाईको अधिकांश भागमा जोखिम बढेको छ भने आगो निभाउन हम्मेहम्मे परेको छ । आगोबाट हतास भएका केहीले समुद्रमा हामफाल्ने प्रयास गरेका थिए ।

राष्ट्रपति जो बाइडेनले सङ्घीय सरकारसँग उपलव्ध सबै स्रोत–साधन परिचालन गरी आगो निभाउन आदेश दिएका छन् ।


प्रकाशित मिति: २५ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?