Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

‘स्वास्थ्य सवलताका लागि नर्सिङ घरदैलो कार्यक्रम’


२५ श्रावण, स्याङ्जा । स्याङ्जाको वालिङमा नागरिकको ‘स्वास्थ्य सवलताका लागि नर्सिङ घरदैलो कार्यक्रम’ सञ्चालन गरिएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र वालिङ नगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर भई उक्त कार्यक्रम सञ्चालनमा आएको हो । प्राय नसर्ने रोगका कारण धेरै नागरिकले ज्यान गुमाउन बाध्य भएकाले स्वास्थ्यसम्बन्धी चेतना फैलाउन उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको नगरप्रमुख कृष्ण खाणले बताए ।

कार्यक्रममा खटिने स्वास्थ्यकर्मीले नागरिकलाई स्वास्थ्य जीवनशैलीको आचरण अवलम्बन गर्न सचेत गराउने उनले बताए । “नर्सिङ घरदैलो कार्यक्रममा खट्नुहुने स्वास्थ्यकर्मीले नागरिकलाई मुटुरोग, मनोरोग, पाठेघरको क्यान्सर, स्तन क्यान्सरलगायत रोगकाबारे जानकारी दिनुहुन्छ” नगरप्रमुख खाडले भने, “सरुवा रोगको प्रकोप, जोखिम तथा न्यूनिकरणका लागि पनि नर्सिङ घरदैलो कार्यक्रम प्रभावकारी हुनेमा हामी विस्वस्त छौँ ।”

सक्षमताका लागि स्वास्थ्य पहिलो आवश्यकता भएकाले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर पहल थालिएको उनले बताए । यस कार्यक्रमले नसर्ने रोगको प्रतिकूल प्रभाव र न्यूनीकरणका लागि सहयोग गर्ने स्वास्थ्य सेवा विभागका वरिष्ठ अस्पताल नर्सिङ शाखा प्रमुख बाला राईले बताए ।

“नर्सिङ घरदैलो कार्यक्रम नर्सिङ जनशक्ति व्यवस्थापन तथा सञ्चालनका लागि नगरको सिङ्गो टिमको भूमिका र दायित्व महत्वपूर्ण हुन्छ” उनले भने, “यस कार्यक्रमको उद्देश्य पूरा गर्न सबैले आ–आफ्नो ठाउँबाट निरन्तर प्रयास गर्नुपर्छ ।” नगरका १४ वटै वडामा खटिने स्वास्थ्यकर्मीले नागरिकको स्वास्थ्यसम्बन्धी पूर्ण तथ्याङ्क सङ्कलन, स्वास्थ्य अवस्थालगायत विवरण सङ्कलन गर्दै सचेतना फैलाउने गर्नेछन् ।


प्रकाशित मिति: २५ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?