Trending
>>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा >>   सुकुम्बासी नागरिकको पुनःस्थापनामा भएको उपलब्धि सार्वजनिक गरियोस्ः सांसद थपलिया >>   पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटन गर्न आउन गगन थापाको आग्रह >>   ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल >>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ? >>   बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल >>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

समाचार


सरकारका अनावश्यक संरचनालाई हटाउने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा बजेट मौनः पूर्वअर्थमन्त्री महत

काठमाडौँ। पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले सरकारका अनावश्यक संरचनालाई हटाउने र सेवाप्रवाहलाई प्रभावकारी बनाउने विषयमा बजेट मौन रहेको टिप्पणी गरेका छन् । अर्थमन्त्री विष्णु पौडेलले बिहीवार संसद्मा पेश गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटबारे प्रतिक्रिया दिँदै सांसद महतले बजेट सरकारी संरचनाहरुलाई छिटो छरितो बनाउने कुरालाई सम्बोधन गर्न

बजेटबारे पूर्वअर्थमन्त्री पुनको टिप्पणी – ‘आशा जगाउने खालको छैन, निरन्तरतामा सिमित’

काठमाडौँ। पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले ल्याएको आर्थिक वर्ष २०८२/०८३ को बजेट आशा जगाउने खालको नभएको टिप्पणी गरेका छन्  । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीवार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजित बजेट प्रश्तुत गरेपछि संसद् भवन परिसरमा बोल्दै उनले  अर्थतन्त्रलाई समग्र चलायमान बनाउने ढङ्गले बजेट नआएको बताए 

बजेट सन्तुलित र उत्पादनमुखीः एमाले

काठमाडौँ। नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेट सन्तुलित र यथार्थमा आधारित रहेको प्रतिक्रिया दिएका छन् । अर्थमन्त्री विष्णु पौडेलले बिहीवार संसद्मा पेश गर्नुभएको आर्थिक वर्ष २०८२÷८३ को बजेटबारे प्रतिक्रिया दिँदै प्रमुख सचेतक बर्तौलाले बजेटले मुलुकको वर्तमान आर्थिक अवस्थालाई सम्बोधन गर्ने प्रयास गरेको बताएका

सशस्त्र द्वन्द्वका घटनाहरूको छानबिन, राहत र परिपूरणका लागि कोष स्थापना गर्न १ अर्ब विनियोजन

काठमाडौँ ।सरकारले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम सम्पन्न गर्ने बताएको छ । सत्य निरूपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगलाई क्रियाशील बनाइने सरकारले बताएको छ । आगामी आर्थिक वर्षको बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले घाइते अपाङ्ग तथा अशक्तहरूको सरकारी अस्पतालहरूमा निःशुल्क उपचार

छिमेकी मित्र राष्ट्रहरूसँग आपसी हित र विश्वासको आधारमा द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने

काठमाडौँ ।सरकारले छिमेकी मित्र राष्ट्रहरूसँग आपसी हित र विश्वासको आधारमा द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने बताएका छन् । आर्थिक वर्ष २०८२÷०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध विकसित गरिने बताए । सवल आर्थिक कुटनीतिका माध्यमबाट वैदेशिक सहायता तथा लगानी,

शहरी विकास मन्त्रालयका लागि १ खर्ब १८ अर्ब ३४ करोड बजेट विनियोजन

काठमाडौँ । शहरी विकास मन्त्रालयका लागि १ खर्ब १८ अर्ब ३४ करोड बजेट विनियोजन गरिएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनता आवास कार्यक्रमअन्तर्गत एक हजार घर निर्माण र सुरक्षत नागरिक आवास अन्तर्गत ५ हजार घरको फुसको छानो विस्थापन गर्न ७५ करोड

सुन्दरीजलमा दैनिक थप २५ करोड ५० लाख लिटर क्षमताको पानी प्रशोधन केन्द्रको निर्माण गरिने

काठमाडौँ । खानेपानी मन्त्रालयको लागि ३३ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताए । उनकाअनुसार आगामी आर्थिक वर्षमा ठूला खानेपानीका आयोजना सम्पन्न भइ ३७ प्रतिशत जनसंख्याालई सुरक्षित खानेपानी सेवा उपलब्ध हुनेछ । ९८ प्रतिशत

सामाजिक सुरक्षा कार्यक्रम एकीकृत गरिने, वृद्ध भत्ताको उमेर ७० वर्ष कायम

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा कार्यक्रमका लागि एक खर्ब ९ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८२÷०८३ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त जानकारी दिएका छन् । उनले छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिने र सामाजिक सुरक्षामा आवद्ध हुन क्रमशः राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने

उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयको लागि ८६ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन

काठमाडौँ ।उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयको लागि ८६ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताए । उनकाअनुसार नदी नियन्त्रणतर्फ ६३ किलोमिटर तटवन्ध निर्माण र २ सय ७० हेक्टर जग्गा नदी उकास गरिनेछ । २०८२/०८३

१९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक

काठमाडौँ ।आर्थिक क्षेत्रमा देखिएको शिथिलतालाई अन्त्य गर्ने लक्ष्यसहित सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएका धेरैजसो सुझावहरुलाई समेटेर आज बिहीबार संसदमा आगामी वर्षका लागि आय व्याय प्रस्तुत

सम्वन्धित समाचारहरु