Trending
>>   काठमाडौं महानगर र त्रिवि कानून संकायबीच कानून तर्जुमा र परिमार्जनमा सहकार्य गर्ने समझदारी >>   नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ >>   कानून मन्त्रालयमा फाईल अड्किने गरेको गुनासो छ, कार्यतालिका बनाएर काम गर्नूस्ः मन्त्री सिन्हा >>   डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्छौँः रास्वपा सांसद झा >>   बलियो अर्थतन्त्र निर्माण र गरिबी निवारणका विषयमा संसदमा प्रभावकारी भुमिका खेल्छौँः एमाले सांसद थेवे >>   महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हटाउन लागेको भन्दै विरोध प्रदर्शन >>   चैते दशैँको अवसरमा देशभरका शक्तिपीठहरूमा भक्तजनको घुइँचो >>   इरानको अस्वीकारका बाबजुद वार्ता जारी रहेको ट्रम्पको दाबी >>   असामान्य स्थितिलाई समान्यकरण गर्दै निर्वाचन गराउनु कम चुनौतिपूर्ण थिएनः प्रधानमन्त्री >>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु
Logo
१२ चैत्र २०८२, बिहीबार
१२ चैत्र २०८२, बिहीबार

उपप्रधानमन्त्री पौडेल ; स्वदेशमै अवसर सिर्जना गर्न सही र सक्षम राजनीतिक नेतृत्व आवश्यक


काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली जनशक्तिलाई स्वदेशमै रोक्ने गरी बजेटमा कार्यक्रमहरु अघि बढाइएको बताएका छन् ।

बिहीवार काठमाडौंमा मिडिया इन्टरनेसनलको आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मान्छेले अन्तरक्षिमा सम्भावना खोजरिहेका बेलामा नेपालले देशभित्रै सम्भावनाहरु किन खोजि किन नगर्ने भन्नेतर्फ ध्यान केन्द्रित हुनुपर्ने बताए । उनले स्वदेशमै अवसर सिर्जना गर्न सही र सक्षम राजनीतिक नेतृत्व, सही विचार, सही दृष्टिकोण र प्रभावकारी कार्यायोजनाको आवश्यकता रहेको बताएका हुन् । आफ्ना जनशक्तिलाई देशभित्र कसरी रोक्नसक्छाँै ? कसरी सम्भावना देशभित्रै खोजि गर्नसक्छौँ ? भन्ने उद्देश्यमा केन्द्रित रहेर अहिलेको बजेट आएको दाबी गरे ।

उपप्रधानमन्त्री पौडेलले भने, ‘मान्छेले अन्तरक्षिमा सम्भावना खोजरिहेका छन् । हामीले देशभित्रैको सम्भावनालाई खोजि किन नगर्ने ? त्यसतर्फ ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता छ । यसको निम्ति सही राजनीतिक नेतृत्व, सक्षम राजनीतिक नेतृत्व, सही विचार, सही दृष्टिकोण र प्रभावकारी कार्यायोजनाको आवश्यकता पर्ने हो । त्यही भएर अहिले सरकारले यो विषय महत्वका साथ अघि सारेको छ । हामी हाम्रो जनशक्तिलाई देशभित्र कसरी रोक्नसक्छाँै ? कसरी सम्भावना देशभित्रै खोजि गर्नसक्छौँ ? भन्ने उद्देश्यमा केन्द्रित रहेर अहिलेको बजेट आएको छ । नयाँ प्रकारको इनोभेसन, उद्यमशिलता, मान्छेहरुलाई केन्द्रित गर्नेगरी कार्यक्रम बजेटले ल्याएको छ । हामी स्टार्टअप, आइटीको सन्दर्भमा खरु अरु प्रकारका उद्यमशिलताका सन्दर्भमा बजेटले कार्यक्रम ल्याएको छ, यसको कार्यान्वयनसँगै देशभित्रै भविष्य खोज्ने आधार बनाएर लैजानसक्छौँ । ’

उपप्रधानमन्त्री पौडेलले नेपाल प्रकृति, जलश्रोतको सही सदुपयोग गरेर विकसित हुनसक्ने बताएका हुन् । उनले नेपालसँग करिव ५० वर्षको देशको आन्तरिक आवश्यकता पूरा गर्नसक्ने तेल र ग्याँसको खानी रहेको जिकिर गरे । प्राकृतिक सम्पदा र जनशक्तिको सही सदुपयोग गर्दै जनशक्तिलाई देशभित्रै रोकेर देशको विकास र समृद्धिमा परिचालित गर्ने बताएका छन् ।


प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?