जाजरकोट। जाजरकोटको कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ । गाउँपालिका-१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर बुधबार बिहान मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिएका छन् । गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएको अध्यक्ष बस्नेतले बताए ।
काठमाडौं। सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २३ खर्ब ५७ अर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मासिक प्रतिवेदनले गत कात्तिकसम्म सार्वजनिक ऋण २३ खर्ब ५७ अर्ब ६ करोड रुपैयाँ पुगेको देखाएको हो । गत असारसम्म यस्तो ऋण २२ खर्ब २१ अर्ब ६७ करोड रुपैयाँ थियो भने यसरी हेर्दा चालु आर्थिक वर्षको
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावका लागि चार वर्ष प्रतीक्षा गर्नुभन्दा मध्यावधिमा जान सकिने विकल्प अघि सारेका छन् । सोमबारदेखि सुरु भएर बुधबारसम्म महोत्तरीको जलेश्वरमा बसेको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै लामिछानेले चार वर्ष पर्खँदा मुलुक झन् उँधो गतिमा जाने उल्लेख गरेका छन् । ‘एकातिर मुलुक झन् झन्
गण्डकी। कास्कीको माछापुच्छ्रे गाउँपालिकाको आयोजना एवम् शिक्षा, युवा तथा खेलकुद शाखाको संयोजनमा आजदेखि पाँचौंँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । यही मङ्सिर १६ गतेसम्म चल्ने प्रतियोगितामा गाउँपालिका अन्तर्गत ११ वटा माध्यामिक विद्यालयको सहभागिता हुने शिक्षा शाखा प्रमुख एवम् खेल व्यवस्थापन संयोजक सम्झना पोख्रेलले जानकारी दिए । उक्त पालिकाभित्रका
चितवन। चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित तस्कर पक्राउ परेका छन् । पक्राउ परेका उनीहरूलाई आज सार्वजनिक गरिँदै छ । उक्त निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारिएका थिए भने अन्दाजी १८ र छ वर्षका पोथी गैँडा
बलेफी,सिन्धुपाञ्चोक। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार भएको बताएका छन् । उनले बुधबार सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ धुस्कोटस्थित भीमसेन माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले शिक्षाको विकास हुन सकेन भने अन्य कुनै पनि विकास नहुने समेत दाबी गरेका छन् । “शिक्षाको विकास हुन सकेन
काठमाडौं। बिहीबार बिहानै कोरियाको दक्षिण पूर्वी सहर ग्योङजुमा ४.० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पपछि त्यहाँको गृह मन्त्रीले सतर्कता अपनाउन तथा पूर्व तयारी गर्न निर्देशन दिएका छन् । बिहान ५:५० बजेसम्म पाँच पटक पराकम्प गएको कोरिया मौसम विज्ञान प्रशासनले जनाएको छ । यो वर्ष कोरियाली प्रायद्वीप वा यसको वरपरको पानीमा
काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा उच्च अदालत पाटनमा आज निवेदक पक्षको जवाफी बहस हुने भएको छ । काठमाडौं जिल्ला अदालतथको थुनछेक आदेशविरुद्ध उच्च पुगेका सबैको निवेदनमा एकैपटक सुनुवाइ भइरहेको हो । बुधबार सरकारी वकिलले बहस सकेपछि आज निवेदकका कानुन व्यवसायीले जवाफी बहस गर्न लागेका हुन् भने उनीहरूको जवाफी बहस
काठमाडौं। पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १ सय २८ रनको लक्ष्य दिएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय २८ रन बनायो । बागमतीका लागी प्रतीक श्रेष्ठले सर्वाधिक
काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज सुन प्रतितोला एक लाख १९ हजार तीन सय रुपैयाँ कायम नै छ । यो मूल्य बुधबार कायम रेकर्डको स्थिर मूल्य हो । मंगलबार र बुधबार लगातार उकालो लागेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य बिहीबार भने स्थिर रहेको छ