Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

कोरियाको दक्षिण पूर्वी सहर ग्योङजुमा भूकम्प


काठमाडौं। बिहीबार बिहानै कोरियाको दक्षिण पूर्वी सहर ग्योङजुमा ४.० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पपछि त्यहाँको गृह मन्त्रीले सतर्कता अपनाउन तथा पूर्व तयारी गर्न निर्देशन दिएका छन् ।

बिहान ५:५० बजेसम्म पाँच पटक पराकम्प गएको कोरिया मौसम विज्ञान प्रशासनले जनाएको छ । यो वर्ष कोरियाली प्रायद्वीप वा यसको वरपरको पानीमा आएको यो दोस्रो सबैभन्दा शक्तिशाली भूकम्प थियो । सो भूकम्पबाट कुनै क्षति भने नभएको त्यहाँको राज्यको मौसम विभागले जनाएको छ । सोलबाट २७७ किलोमिटर दक्षिण पूर्वमा रहेको सहरमा बिहान ४ः५५ बजे करिब १२ किलोमिटर गहिराइमा भूकम्प गएको थियो ।

त्यस्तै, दमकल अधिकारीहरूले बिहान ५ बजेसम्म १०७ वटा कम्पको रिपोर्ट प्राप्त गरेको तर अहिलेसम्म कुनै क्षति नभएको बताएका छन् । कोरिया हाइड्रो एण्ड न्यूक्लियर पावर कम्पनी, आणविक र जलविद्युत प्लान्टको सञ्चालकले भूकम्पले आफ्ना आणविक ऊर्जा प्लान्टको सञ्चालनमा कुनै असर नपरेको र सामान्य रूपमा चलिरहेको बताएको छ ।

गृह मन्त्रालयले आफ्नो केन्द्रीय प्रकोप र सुरक्षा काउन्टरमेजर मुख्यालय, राष्ट्रको विपद् नियन्त्रण टावरको सतर्कता स्तरलाई बढाएको छ । ‘सतर्कता’ को तेस्रो ठूलो भूकम्पको अलर्ट पनि जारी गरिएको छ । बिहीबारको भूकम्पको केन्द्र विन्दुको ५० किलोमिटरको दायराभित्र सन् १९७८ यता २ म्याग्निच्युड वा सो भन्दामाथिका ४ सय १८ वटा भूकम्प गएको छ ।

त्यसैगरी, गृह मन्त्रालयले भूकम्पपछिको अवस्था बुझ्न आकस्मिक बैठक बोलाएको छ । उक्त बैठकमा मन्त्री ली साङ–मिनले क्षतिको तत्काल आँकलन गर्न र आवश्यक पूर्वतयारीका कदम चाल्न सम्बन्धित मन्त्रालय र क्षेत्रीय सरकारहरूसँगको सहकार्यमा गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् ।


प्रकाशित मिति: १४ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?