Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

केपी ओली कप : बागमतीले आर्मीलाई दियो १२८ रनको लक्ष्य


काठमाडौं। पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १ सय २८ रनको लक्ष्य दिएको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय २८ रन बनायो । बागमतीका लागी प्रतीक श्रेष्ठले सर्वाधिक ५० रन बनायो। त्यस्तै, कप्तान सन्दीप लामिछानेले १९, रित गौतमले १४, इशान पाण्डेले १२, सोनु देवकोटाले ९, शुभ कंशाकारले ३ र रोशन विकेले १ योगदान दिएका थिए ।

त्यसैगरी, ४४ रनमा ६ विकेट गुमाएको बागमतीका कप्तान सन्दीप र प्रतिकले बागमतीलाई सम्हालेका थिए । बलिङतर्फ आर्मीका साहब आलमले सर्वाधिक ४ विकेट लिए भने सोमपाल कामीले २ तथा विवेक यादवले १ विकेट लिएका थिए ।


प्रकाशित मिति: १४ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?