खजुरा,बाँके। पुराना र कमजोर संरचनालाई भूकम्पको जोखिमबाट न्यूनीकरण गर्नका लागि नेपालगञ्जमा प्रवलीकरण (रेट्रोफिटिङ) सुरु भएको छ । नेपालगञ्जमा भूकम्पको अतिजोखिममा रहेका संरचनालाई प्रवलीकरण गर्नका लागि स्थानीयस्तरमा सचेतना प्रवर्द्धन गर्न थालिएको हो । धेरै पुराना र कमजोर संरचनालाई भूकम्प प्रतिरोधी बनाउन पुनःमर्मत गरी जोखिम न्यूनीकरण गर्ने उद्देश्यले प्रवलीकरणका लागि सचेतना अभिवृद्धि
काठमाडौं। सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ६ जनाको संसदीय सुनुवाइ सकिएको छ। गत शुक्रबार सुरु भएको सुनुवाइ सोमबार सकिएको हो । त्यस्तै, न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो । अब उनीहरुको नाम अनुमोदनका
काठमाडौं। आज डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासी दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय आप्रवासी दिवस नेपालमा पनि सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज र आप्रवासी श्रमिक तथा श्रमिकका परिवारले विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । यस वर्ष ‘आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान’ भन्ने
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक काठमाडौंमा सुरु भएको छ । उक्त पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघि बैठक सुरु भएको हो । आजको बैठकमा विधान संशोधन मस्यौदामाथि छलफल हुने सो पार्टीका महासचिव घनश्याम भुसालले राससलाई जानकारी दिए । उनका अनुसार बैठक आज र भोलि सञ्चालन हुनेछ । गएको
काठमाडौं। काठमाडौं महानगरपालिकाले काठमाडौं प्लाजामा रहेको सहायता कक्षमा साङ्केतिक भाषाको अनुवादक (दोभासे) राख्ने निर्णय गरेको छ । सोमबार बसेको सामाजिक समितिको बैठकले यस्तो निर्णय गरेको हो । केसीले कार्यालयमा उपलब्ध गराउने सेवासँगै आवश्यकताका आधारमा लक्षित वर्गलाई साङ्केतिक भाषाको तालिम पनि दिने बताइएको छ । उक्त समितिको बैठकमा अधिकारीहरूले लघु उद्यम
काठमाडौं। ललितपुर महानगरमा आजदेखि स्वास्थ्य बीमा सुरु भएको छ । ललितपुर महानगरपालिका १०५औँ स्थापना दिवसको अवसरमा महानगरभित्र स्वास्थ्य बीमा सुरु गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपाङ्गता भएका एक महिला र एक पुरुषलाई विद्युतीय कार्ड हस्तान्तरण गरेर स्वास्थ्य बीमाको उद्घाटन गरेका हुन् ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेको सहायता कक्षमा सांकेतिक भाषाको अनुवादक (दोभासे) राख्ने निर्णय भएको छ । आज बसेको सामाजिक समितिको बैठकले यस्तो निर्णय गरेको हो । ‘नागरिकलाई समावेशी र पहुँचयुक्त सरकारको प्रत्याभूति गर्न हामीले सामाजिक क्षेत्रका कार्यक्रममा विशेष प्राथमिकता दिएका छौँ ।’ निर्णयका बारेमा जानकारी दिँदै समितिका संयोजक
काठमाडौँ । ‘पुस्तकरहित शुक्रवार कार्यक्रम’ अन्तर्गत कक्षा १ देखि ८ सम्म व्यवहारिक/ प्रयोगात्मक कक्षा सञ्चालन गर्न इच्छुक संघसंस्थाले विद्यालयमा सूचीकृत हुन पाउने भएका छन् । इच्छुकहरुलाई पुस ११ गतेभित्र सूचीकृत हुन काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले अनुरोध गरेको छ । कक्षा ९ र १० मा गएको शुक्रबारदेखि ‘शिक्षामा सिप’ तालिम कार्यक्रम
मनहरी,मकवानपुर। मकवानपुरको मनहरीमा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । मनहरी गाउँपालिका–८ सिम्पानीमा जङ्गली हात्तीले आतङ्क मच्चाउँदा एक घर पूर्णरूपमा क्षति भएको छ । गए राति मनहरी–८ मा आई टल्के चेपाङको जस्ता र ढुङ्गाले बनेको एक तले घरमा आक्रमण गर्दा घर पूर्णरुपमा क्षति भएको मकवानपुरका प्रहरी प्रवक्त एवं प्रहरी नायब उपरिक्षक
काठमाडौं। सन् २०२४ मा सञ्चालन गरिने एघारौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन आजदेखि खुला गरिएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचान तथा प्रवर्धनका लागि सन् २०१४ देखि सञ्चालित कार्यक्रममा यस वर्ष कक्षा ८ देखि १२ मा अध्ययनरत १३ वर्षदेखि २० वर्ष उमेर समूहका विद्यार्थीले आवेदन दिनसक्ने