Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

मनहरीमा जङ्गली हात्तीको आतङ्क


मनहरी,मकवानपुर। मकवानपुरको मनहरीमा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । मनहरी गाउँपालिका–८ सिम्पानीमा जङ्गली हात्तीले आतङ्क मच्चाउँदा एक घर पूर्णरूपमा क्षति भएको छ ।

गए राति मनहरी–८ मा आई टल्के चेपाङको जस्ता र ढुङ्गाले बनेको एक तले घरमा आक्रमण गर्दा घर पूर्णरुपमा क्षति भएको मकवानपुरका प्रहरी प्रवक्त एवं प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिएकि छन् । उनका अनुसार गए राति नै स्थानीय राम बहादुर तामाङको गोठमा हात्तीले आक्रमण गर्दा आंशिकरूपमा क्षति पुगेको छ ।

उक्त हात्तीकोे आतङ्क पछि प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा हात्तीलाई जङ्गलतर्फ धपाइएको प्रहरीले जनाएको छ भने हात्तीको आक्रमणबाट मानवीय क्षति भने नभएको प्रनाउ भण्डारीले बताए ।


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?