Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

एघारौँ राष्ट्रिय ‘एस्ट्रोनोमी ओलम्पियाड’ को आवेदन खुला


काठमाडौं। सन् २०२४ मा सञ्चालन गरिने एघारौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन आजदेखि खुला गरिएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचान तथा प्रवर्धनका लागि सन् २०१४ देखि सञ्चालित कार्यक्रममा यस वर्ष कक्षा ८ देखि १२ मा अध्ययनरत १३ वर्षदेखि २० वर्ष उमेर समूहका विद्यार्थीले आवेदन दिनसक्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

त्यसैगरी, विद्यार्थीको तहगत सिकाइलाई ध्यान दिँदै राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड सन् २०१९ देखि ‘जुनियर’ र ‘सिनियर’ गरी दुई विधामा आयोजना गरिँदै आएको उनले बताए । विद्यालय तहका विद्यार्थीलाई खगोल विज्ञानमा रुचि जगाउने उद्देश्यले सोसाइटीले यो प्रतियोगितलाई निरन्तरता दिँदै आएको छ । यसअन्तर्गत कक्षा ८ देखि १० सम्मका विद्यार्थीले जुनियरमा र कक्षा ११ देखि १२ का विद्यार्थीले सिनियरमा आवेदन दिनसक्ने सोसाइटीले जनाएको छ ।

ओलम्पियाडको पहिलो चरणको छनोट परीक्षा प्रादेशिकरुपमा आयोजना गरिनेछ । आगामी माघ १३ गते शनिबार दिउँसो १२ बजेदेखि २ बजेसम्म इटहरी, जनकपुर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत तथा धनगढीमा आयोजना गरिने भएको छ भने इच्छुक विद्यार्थीले पायकपर्ने सम्बन्धित प्रदेशका संयोजकलाई आवेदन फाराम बुझाउनसक्ने सोसाइटीका अध्यक्ष भट्टराईले बताए ।

त्यसैगरी, पहिलो अर्थात् प्रदेश चरणमा गरेको प्रदर्शनका आधारमा दोस्रो अर्थात् राष्ट्रिय चरणमा सम्बन्धित प्रदेशका विद्यार्थीलाई सामेल गराइने भएको छ । दोस्रो चरणमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई तेस्रो तथा अन्तिम चरणमा सहभागी गराइनेछ भने तेस्रो चरणको मूल्याङ्कनमार्फत सहभागी विद्यार्थीलाई सन् २०२४ मा सञ्चालन हुने अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोफिजिक्स ओलम्पियाडका लागि सिफारिस गरिनेछ ।


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?