Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

महानगरमा २०९ जना गणकका लागि ५ हजार ८ जनाको आवेदन !


काठमाडौं। काठमाडौं महानगरपालिकाले काठमाडौं प्लाजामा रहेको सहायता कक्षमा साङ्केतिक भाषाको अनुवादक (दोभासे) राख्ने निर्णय गरेको छ । सोमबार बसेको सामाजिक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

केसीले कार्यालयमा उपलब्ध गराउने सेवासँगै आवश्यकताका आधारमा लक्षित वर्गलाई साङ्केतिक भाषाको तालिम पनि दिने बताइएको छ । उक्त समितिको बैठकमा अधिकारीहरूले लघु उद्यम विकास सम्बन्धी सिप विकास तालिम, गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यका लागि तथ्याङ्क सङ्कलन लगायत कार्यक्रमका बारेमा अहिलेसम्म भएका कामका बारेमा जानकारी गराएका थियो ।

सो महानगरका अनुसार सोमबार बिहान १० बजेसम्ममा तथ्याङ्क सङ्कलन माग गरिएका २१ जना सुपरिवेक्षकका लागि १ हजार ९ सय जनाको र २०९ जना गणकका लागि ५ हजार ८ जनाको आवेदन प्राप्त भइसकेको छ । ६ पुससम्म अनलाइनबाट फाराम भर्ने अवधि छ ।

यी आवेदकमध्ये शैक्षिक योग्यताका लागि ६० अङ्क, महानगरबासीका लागि १० अङ्क र तालिमका लागि १० अङ्क गरी ८० अङ्कलाई आधार मानेर स्वचालित प्रणालीबाट सर्ट लिस्ट तयार हुनेछ । यसरी छानिएकालाई २० अङ्कमा अन्तरवार्ता लिइनेछ ।


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?