Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

महानगरमा २०९ जना गणकका लागि ५ हजार ८ जनाको आवेदन !


काठमाडौं। काठमाडौं महानगरपालिकाले काठमाडौं प्लाजामा रहेको सहायता कक्षमा साङ्केतिक भाषाको अनुवादक (दोभासे) राख्ने निर्णय गरेको छ । सोमबार बसेको सामाजिक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

केसीले कार्यालयमा उपलब्ध गराउने सेवासँगै आवश्यकताका आधारमा लक्षित वर्गलाई साङ्केतिक भाषाको तालिम पनि दिने बताइएको छ । उक्त समितिको बैठकमा अधिकारीहरूले लघु उद्यम विकास सम्बन्धी सिप विकास तालिम, गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यका लागि तथ्याङ्क सङ्कलन लगायत कार्यक्रमका बारेमा अहिलेसम्म भएका कामका बारेमा जानकारी गराएका थियो ।

सो महानगरका अनुसार सोमबार बिहान १० बजेसम्ममा तथ्याङ्क सङ्कलन माग गरिएका २१ जना सुपरिवेक्षकका लागि १ हजार ९ सय जनाको र २०९ जना गणकका लागि ५ हजार ८ जनाको आवेदन प्राप्त भइसकेको छ । ६ पुससम्म अनलाइनबाट फाराम भर्ने अवधि छ ।

यी आवेदकमध्ये शैक्षिक योग्यताका लागि ६० अङ्क, महानगरबासीका लागि १० अङ्क र तालिमका लागि १० अङ्क गरी ८० अङ्कलाई आधार मानेर स्वचालित प्रणालीबाट सर्ट लिस्ट तयार हुनेछ । यसरी छानिएकालाई २० अङ्कमा अन्तरवार्ता लिइनेछ ।


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?