Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

काठमाडौँ महानगरले सहायता कक्षमा दोभासे राख्ने


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेको सहायता कक्षमा सांकेतिक भाषाको अनुवादक (दोभासे) राख्ने निर्णय भएको छ । आज बसेको सामाजिक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

‘नागरिकलाई समावेशी र पहुँचयुक्त सरकारको प्रत्याभूति गर्न हामीले सामाजिक क्षेत्रका कार्यक्रममा विशेष प्राथमिकता दिएका छौँ ।’ निर्णयका बारेमा जानकारी दिँदै समितिका संयोजक रामकुमार के. सी. ले भन्नुभयो, ‘भाषा अभिव्यक्त गर्न नसकेका कारण वा आफूले अभिव्यक्त गरेको भाषा कार्यालयका अधिकारीलाई बुझाउन नसकेका कारण बहिरा तथा सांकेतिक भाषामा मात्र कुरा बुझ्ने सेवाग्राहीले महानगरपालिकाको सेवाबाट बञ्चित हुन नपरोस् भन्ने हाम्रो चाहना हो । कार्यालयमा उपलब्ध गराउने यो सेवासँगै आवश्यकताका आधारमा लक्षित वर्गलाई सांकेतिक भाषाको तालिम पनि उपलब्ध गराउँछौँ ।’

ad
बैठकले, चालु आर्थिक बर्षमा सामाजिक विकास विभागले कार्यान्वयन गर्नु पर्ने योजनाको समीक्षा गरिएको थियो । चेस, बाघचाल, बास्केटबलजस्ता खेल सञ्चालन गर्ने, विधागत, क्षमता विकास र सिपमूलक तालिम चलाउने, संघसंस्थाहरुमार्फत सञ्चालन गरिने सामाजिक कार्यक्रम कार्यान्वयनको अवस्था, तत्काल थालनी गर्नु पर्ने कामको अधिकारीहरुलाई जिम्मेवारी प्रदान बैठकमा मुख्य विषय थिए ।

बैठकमा अधिकारीहरुले लघु उद्यम विकास सम्बन्धी सिप विकास तालिम, गरिव घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यका लागि तथ्याङ्क संकलनलगायत कार्यक्रममा बारेमा अहिलेसम्म भएका कामका बारेमा जानकारी गराउनुभएको थियो ।

तथ्याङ्क अधिकृत कृष्णराज तिवारीका अनुसार आज विहान १० बजेसम्ममा तथ्याङ्क संकलन माग गरिएका २१ जना सुपरीवेक्षकका लागि १ हजार ९ सय जनाको र २०९ जना गणकका लागि ५ हजार ८ जनाको आवेदन प्राप्त भइसकेको छ । पुस ६ गतेसम्म अनलाइनबाट फाराम भर्ने अवधि छ ।

यी आवेदकमध्ये शैक्षिक योग्यताका लागि ६० अङ्क, महानगरबासीका लागि १० अङ्क र तालिमका लागि १० अङ्क गरी ८० अङ्कलाई आधार मानेर स्वचालित प्रणालीबाट सर्ट लिष्ट तयार हुनेछ । यसरी छानिएकालाई २० अङ्कमा अन्तरवार्ता लिइनेछ ।


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?