Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

काठमाडौँ महानगरले सहायता कक्षमा दोभासे राख्ने


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेको सहायता कक्षमा सांकेतिक भाषाको अनुवादक (दोभासे) राख्ने निर्णय भएको छ । आज बसेको सामाजिक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

‘नागरिकलाई समावेशी र पहुँचयुक्त सरकारको प्रत्याभूति गर्न हामीले सामाजिक क्षेत्रका कार्यक्रममा विशेष प्राथमिकता दिएका छौँ ।’ निर्णयका बारेमा जानकारी दिँदै समितिका संयोजक रामकुमार के. सी. ले भन्नुभयो, ‘भाषा अभिव्यक्त गर्न नसकेका कारण वा आफूले अभिव्यक्त गरेको भाषा कार्यालयका अधिकारीलाई बुझाउन नसकेका कारण बहिरा तथा सांकेतिक भाषामा मात्र कुरा बुझ्ने सेवाग्राहीले महानगरपालिकाको सेवाबाट बञ्चित हुन नपरोस् भन्ने हाम्रो चाहना हो । कार्यालयमा उपलब्ध गराउने यो सेवासँगै आवश्यकताका आधारमा लक्षित वर्गलाई सांकेतिक भाषाको तालिम पनि उपलब्ध गराउँछौँ ।’

ad
बैठकले, चालु आर्थिक बर्षमा सामाजिक विकास विभागले कार्यान्वयन गर्नु पर्ने योजनाको समीक्षा गरिएको थियो । चेस, बाघचाल, बास्केटबलजस्ता खेल सञ्चालन गर्ने, विधागत, क्षमता विकास र सिपमूलक तालिम चलाउने, संघसंस्थाहरुमार्फत सञ्चालन गरिने सामाजिक कार्यक्रम कार्यान्वयनको अवस्था, तत्काल थालनी गर्नु पर्ने कामको अधिकारीहरुलाई जिम्मेवारी प्रदान बैठकमा मुख्य विषय थिए ।

बैठकमा अधिकारीहरुले लघु उद्यम विकास सम्बन्धी सिप विकास तालिम, गरिव घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यका लागि तथ्याङ्क संकलनलगायत कार्यक्रममा बारेमा अहिलेसम्म भएका कामका बारेमा जानकारी गराउनुभएको थियो ।

तथ्याङ्क अधिकृत कृष्णराज तिवारीका अनुसार आज विहान १० बजेसम्ममा तथ्याङ्क संकलन माग गरिएका २१ जना सुपरीवेक्षकका लागि १ हजार ९ सय जनाको र २०९ जना गणकका लागि ५ हजार ८ जनाको आवेदन प्राप्त भइसकेको छ । पुस ६ गतेसम्म अनलाइनबाट फाराम भर्ने अवधि छ ।

यी आवेदकमध्ये शैक्षिक योग्यताका लागि ६० अङ्क, महानगरबासीका लागि १० अङ्क र तालिमका लागि १० अङ्क गरी ८० अङ्कलाई आधार मानेर स्वचालित प्रणालीबाट सर्ट लिष्ट तयार हुनेछ । यसरी छानिएकालाई २० अङ्कमा अन्तरवार्ता लिइनेछ ।


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?