Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

‘बुक फ्रि फ्राइडे’ का लागि इच्छुक संघसंस्थालाई सूचीकृत हुन आव्हान


काठमाडौँ । ‘पुस्तकरहित शुक्रवार कार्यक्रम’ अन्तर्गत कक्षा १ देखि ८ सम्म व्यवहारिक/ प्रयोगात्मक कक्षा सञ्चालन गर्न इच्छुक संघसंस्थाले विद्यालयमा सूचीकृत हुन पाउने भएका छन् । इच्छुकहरुलाई पुस ११ गतेभित्र सूचीकृत हुन काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले अनुरोध गरेको छ । कक्षा ९ र १० मा गएको शुक्रबारदेखि ‘शिक्षामा सिप’ तालिम कार्यक्रम सञ्चालन भइसकेको छ । यसका लागि विद्यालयहरुले तालिम प्रदायक संघसंस्थाहरुलाई सूचीकृत गरेर सेवा लिन थालेका हुन् ।

‘पुस्तकरहित शुक्रवार कार्यक्रम’ गएको बर्षदेखि निरन्तर चलिरहेको छ । शिक्षा विभागका प्रमुख सीताराम कोइराला भन्नुहुन्छ, ‘यसरी सञ्चालन हुने कार्यक्रमका लागि हामीले छुट्टै बजेटको व्यवस्था गरेका छौँ । यो बजेट हामी विद्यालयमा पठाउँछौँ । विद्यालयहरुले आफैँ कार्यक्रम सञ्चालन गर्नेछन् ।’


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?