Trending
>>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै


काठमाडौं। आज डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासी दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय आप्रवासी दिवस नेपालमा पनि सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज र आप्रवासी श्रमिक तथा श्रमिकका परिवारले विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।
यस वर्ष ‘आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान’ भन्ने मूल नारासहित यो दिवस मनाइँदै छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद्सिंह भण्डारीले दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै देशको आर्थिक र सामाजिक विकासमा आप्रवासी नेपालीको योगदानको प्रशंसा गरे ।
“हाल विश्वव्यापीकरणलगायत विषयले आप्रवासन समाजको अभिन्न अङ्ग बन्न पुगेको छ । यस दिवसका अवसरमा सम्बद्ध सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, शुभकामना सन्देशमा उनले भनेका छन्, “अत्यन्त कठिन परिस्थितिमा पनि आप्रवासनमा रहेर नेपालको आर्थिक र सामाजिक विकासमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै धन्यवाद दिन चाहन्छु ।”
मन्त्री भण्डारीले वैदेशिक रोजगारीका क्रममा निधन भएका आप्रवासी श्रमिकप्रति श्रद्धाञ्जली समेत व्यक्त गरेका छन् । सन् १९९० देखि संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसरमा हरेक वर्ष डिसेम्बर १८ तारिखका दिन अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाउँदै आइएको हो ।
उक्त मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले दिवसको शुभकामना दिँदै सुरक्षित तथा मर्यादित श्रमको सुनिश्चितताका लागि सरोकारवाला सबैको समन्वय आवश्यक रहेको बताए । सबैको एकीकृत प्रयासबाट सकारात्मक नतिजा आउने उनको भनाइ रहेको थियो ।
त्यसैगरी वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेतीले पछिल्ला वर्षमा द्वन्द्व, असुरक्षा र जलवायु परिवर्तनको प्रभावलगायत कारणले विश्वभरि आप्रवासन बढ्दै गएको बताए । उनले वैदेशिक रोजगारमा जाँदा सरकारले निर्धारण गरेको प्रक्रियाको पूर्णपालना गर्न आग्रह समेत गरे ।
उक्त दिवसका अवसरमा आप्रवासी श्रमिकले आफ्नो अधिकार सुनिश्चितताका साथै आवश्यक सम्पूर्ण सेवासुविधा प्राप्त गर्ने शुभेच्छा प्रकट गरेका छन् ।

प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?