Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै


काठमाडौं। आज डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासी दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय आप्रवासी दिवस नेपालमा पनि सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज र आप्रवासी श्रमिक तथा श्रमिकका परिवारले विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।
यस वर्ष ‘आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान’ भन्ने मूल नारासहित यो दिवस मनाइँदै छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद्सिंह भण्डारीले दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै देशको आर्थिक र सामाजिक विकासमा आप्रवासी नेपालीको योगदानको प्रशंसा गरे ।
“हाल विश्वव्यापीकरणलगायत विषयले आप्रवासन समाजको अभिन्न अङ्ग बन्न पुगेको छ । यस दिवसका अवसरमा सम्बद्ध सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, शुभकामना सन्देशमा उनले भनेका छन्, “अत्यन्त कठिन परिस्थितिमा पनि आप्रवासनमा रहेर नेपालको आर्थिक र सामाजिक विकासमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै धन्यवाद दिन चाहन्छु ।”
मन्त्री भण्डारीले वैदेशिक रोजगारीका क्रममा निधन भएका आप्रवासी श्रमिकप्रति श्रद्धाञ्जली समेत व्यक्त गरेका छन् । सन् १९९० देखि संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसरमा हरेक वर्ष डिसेम्बर १८ तारिखका दिन अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाउँदै आइएको हो ।
उक्त मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले दिवसको शुभकामना दिँदै सुरक्षित तथा मर्यादित श्रमको सुनिश्चितताका लागि सरोकारवाला सबैको समन्वय आवश्यक रहेको बताए । सबैको एकीकृत प्रयासबाट सकारात्मक नतिजा आउने उनको भनाइ रहेको थियो ।
त्यसैगरी वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेतीले पछिल्ला वर्षमा द्वन्द्व, असुरक्षा र जलवायु परिवर्तनको प्रभावलगायत कारणले विश्वभरि आप्रवासन बढ्दै गएको बताए । उनले वैदेशिक रोजगारमा जाँदा सरकारले निर्धारण गरेको प्रक्रियाको पूर्णपालना गर्न आग्रह समेत गरे ।
उक्त दिवसका अवसरमा आप्रवासी श्रमिकले आफ्नो अधिकार सुनिश्चितताका साथै आवश्यक सम्पूर्ण सेवासुविधा प्राप्त गर्ने शुभेच्छा प्रकट गरेका छन् ।

प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?