Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

समाचार


‘एमाले गरिब र मजदुरको पक्षमा छ’: केपी शर्मा ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सधैँ गरिब, विपन्न र मजदुर वर्गको हितमा उभिएको दाबी गर्नुभएको छ । झापाको दमकमा आयोजित सिटी रिक्सा चालकहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालमा भोकमरीको स्थिति लगभग अन्त्य भएको र अबको लक्ष्य पूर्ण रूपमा गरिबी निवारण रहेको

मतदाता फागुन २१ को व्यग्र प्रतिक्षामा छन्, सबैभन्दा बढी मतदान हुन्छः प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदाताहरु मतदान गर्ने दिनको व्यग्र प्रतिक्षामा रहेको बताउनुभएको छ । १० औँ निर्वाचन दिवसका अवसरमा बिहीवार आयोजित कार्यक्रममा उहाँले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा बढी मतदान हुने बताउनुभएको हो । उहाँले आसन्न निर्वाचनमा सबैभन्दा बढी मतदान हुने र

निर्वाचनको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैनः प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न नपाइने स्पष्ट पार्नुभएको छ । १० औँ निर्वाचन दिवसका अवसरमा बिहीवार आयोजित कार्यक्रममा उहाँले निर्वाचन आचारसंहिताले मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्न निषेध गरेको बताउनु भयो । उहाँले कुनैपनि प्रेससँग सम्बन्धित व्यक्ति वा संस्थाले मत

भव्यताका साथ मनाइयो प्रजातन्त्र दिवस (तस्बिरसहित)

काठमाडौँ । नेपालमा २००७ सालको ऐतिहासिक क्रान्तिले राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस यस वर्ष पनि उत्साहपूर्ण रूपमा मनाइएको छ । यो दिवसले नेपाली जनताको लामो संघर्ष र बलिदानको स्मरण गर्दै लोकतन्त्र, सुशासन र समृद्धिको सन्देश प्रवाह गरेको छ । दिवसको अवसरमा

‘फागुन २१ को निर्वाचनले नयाँ युगको ढोका उघार्नेछ’: प्रधानमन्त्री कार्की

काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वस्थ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको बताउनुभएको छ । प्रजातन्त्र दिवस तथा निर्वाचन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री कार्कीले वि.सं. २०१५ साल फागुन

‘भदौ २३ को घटना संविधान र व्यवस्थामाथिको धावा हो’: केपी शर्मा ओली

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाहरूलाई नेपालको संविधान, व्यवस्था र सार्वभौमसत्ता विरुद्धको योजनावद्ध आक्रमण भएको बताउनुभएको छ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले देश हाल विवेक र आवेगको दोबाटोमा उभिएको

‘खराब व्यवस्था फाल्नुपर्छ, संकटमै चुनाव अनुचित’ : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौँ । ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै ज्ञानेन्द्र शाहले देशको वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। उनले खराब पक्ष बोकेको व्यवस्था फ्याँक्नुपर्ने र राष्ट्रिय समस्या समाधान नगरी चुनावमा जानु उपयुक्त नहुने धारणा राखेका । मुलुक ‘अस्वाभाविक छटपटी’को भुमरीमा परेको उल्लेख गर्दै शाहले कुनै पनि

देश र मधेस दुवै पीडामा छन्, : काँग्रेस उपसभापति शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे गम्भीर समीक्षा आवश्यक रहेको बताउनुभएको छ । बुधवार धनुषामा पार्टीले आयोजना गरेको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २०८४ मा हुनुपर्ने निर्वाचन २०८२ मै किन हुन लागेको हो ? भन्ने विषयमा स्पष्टता आवश्यक रहेको बताउनु

निजी क्षेत्रको २ खर्ब लगानी जोखिममाः ३६ हजार मेगावाटका लाइसेन्स र नीतिगत अन्योलबारे इप्पानको चिन्ता

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीले विद्युत अनुमतिपत्रमा भएको झन्डै २ खर्ब रुपैयाँको लगानी जोखिममा परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले पीपीएमा देखिएको अन्योल र नीतिगत सुधारको अभावले ऊर्जा क्षेत्र धराशायी हुन सक्ने चेतावनी दिनुभएको हो । अध्यक्ष कार्कीले सरकारले विद्युत उत्पादनका

अब कसैले पनि नकाब लगाएर सिंहदरबार जलाउन पाउँदैनः सभापति थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले २४ भदौको जसरी अब कसैले पनि नकाब लगाएर सिंहदरबार जलाउन नपाउने दाबी गर्नुभएको छ । बुधवार पार्टीले धनुषामा आयोजना गरेको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै सभापति थापाले यस्तो दाबी गर्नुभएको हो । उहाँले २३ भदौको जस्तो सुशासनको नारा लगाउँदैमा कुनैपनि नागरिकले राज्यको गोलीबाट पर्नुनपर्ने

सम्वन्धित समाचारहरु