Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

देश र मधेस दुवै पीडामा छन्, : काँग्रेस उपसभापति शर्मा


देश र मधेस दुवै पीडामा छन्, वर्तमान राजनीतिक अवस्थाबारे गम्भीर समीक्षा गरौँः काँग्रेस उपसभापति शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे गम्भीर समीक्षा आवश्यक रहेको बताउनुभएको छ ।

बुधवार धनुषामा पार्टीले आयोजना गरेको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २०८४ मा हुनुपर्ने निर्वाचन २०८२ मै किन हुन लागेको हो ? भन्ने विषयमा स्पष्टता आवश्यक रहेको बताउनु भयो । उहाँले अहिलेको विषम परिस्थितिमा कसलाई जिताउने भन्दापनि मुलुकलाई कसले सम्हाल्न सक्छ ? भन्ने मूल प्रश्न भएको उल्लेख गर्नुभयो । उहाँले मधेसलाई देशको अन्नको भण्डारका रूपमा व्याख्या गर्दै यहाँका किसानप्रति आभार व्यक्त गर्नुभयो । उहाँले देश र मधेश दुवै पीडामा रहेको उल्लेख गर्दै समाधान खोज्न राजनीतिक दलहरूले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने धारणा राख्नुभयो । काँग्रेसले विशेष महाधिवेशनमार्फत रुपान्तरण भएर आएको दाबी गर्दै उहाँले देशका पहाड, तराई र हिमाल क्षेत्रमा देखिएका समस्याको समाधानको प्रतिज्ञा गर्न मधेस आएको दाबी पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो मधेस हामी सबै नेपालीको पेटमा अन्न पु¥याउने उर्वरभूमि हो । हामी मधेसका सबै आदरणीय किसा र किसानको पसिना तथा किसानले उत्पादन गरेको अन्नको एक एक दानाप्रति कृतज्ञता व्यक्त गर्नको लागि यहाँ आएका छौँ । अहिले देशलाई दुखिरहेको छ, मधेसलाई दुखिरहेको छ । यो बेला मुल प्रश्न कसलाई जिताउने भन्ने होइन । यो विषम परिस्थितिमा मुलुकलाई कसले सम्हाल्न सक्छ भन्ने मुल प्रश्न हो । २०८४ मा हुनुपर्ने निर्वाचन ०८२ मै किन हुँदैछ ? नेपाली काँग्रेस आज पहाड, तराई, हिमाल कहाँ कहाँ कससलाई दुखेको छ ? त्यसको समाधान के हुनसक्छ भनेर विशेष महाधिवेशनमार्फत एमआरआई गरेर आज मधेशमा प्रतिज्ञा गर्न आएको छ ।’

उहाँले मुलुक र संविधानको रक्षा गर्न अगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीलाई बहुमतका साथ विजयी गराउन समेत अपिल गर्नुभयो ।


प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?