Trending
>>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ?
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

अब कसैले पनि नकाब लगाएर सिंहदरबार जलाउन पाउँदैनः सभापति थापा


अब कसैले पनि नकाब लगाएर सिंहदरबार जलाउन पाउँदैनः सभापति थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले २४ भदौको जसरी अब कसैले पनि नकाब लगाएर सिंहदरबार जलाउन नपाउने दाबी गर्नुभएको छ ।

बुधवार पार्टीले धनुषामा आयोजना गरेको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै सभापति थापाले यस्तो दाबी गर्नुभएको हो । उहाँले २३ भदौको जस्तो सुशासनको नारा लगाउँदैमा कुनैपनि नागरिकले राज्यको गोलीबाट पर्नुनपर्ने प्रतिज्ञा समेत गर्नुभयो । उहाँले जेन—जी विद्रोहको भावनालाई पार्टीले आत्मसाथ गरेको पनि बताउनु भयो । उहाँले संघीयतालाइए जोगाउँदै यसको थप प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको पनि बताउनु भयो । उहाँले मधेस प्रदेशलाई केन्द्रमा राखेर संघीयतासम्बन्धी देखिएका सबै समस्याहरुको हल गर्ने प्रतिज्ञा समेत गर्नुभयो । उहाँले मधेशकै छोराले पढाएका व्यक्तिहरु विगतमा शक्ति केन्द्रमा पुगेको भएपनि पछिल्लो समय शिक्षाको गुणस्तर कमजोर हुँदै गएको उल्लेख गर्दै त्यसको सुधारका लागि आफू मधेस झरेको जिकिर गर्नुभयो । उहाँले मधेशको शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार्न पार्टीलाई बहुमतका साथ विजयी गराउन अपिल पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अब कुनैपनि युवक भाद्र २३ गतेजस्तो राज्यको गोलीबाट मारिनु पर्दैन । यो हाम्रो प्रतिज्ञा हो । अब कसैले पनि नकाब लगाएर सिंहदरबार जलाउन पाउदैन, यो हाम्रो प्रतिज्ञा हो । भाद्र २३ र २४ गते जुन भावना लिएर तन्नेरीहरु सडकमा ति सबै भावनाहरुलाई नेपाली काँग्रेस ग्रहण गर्छ । यो संघीयतालाई जोगाउनुपर्नेछ । यसलाई कामकाजी पनि बनाउनुपर्नेछ । प्रदेश सरकारसँग मिलेर, मधेश प्रदेशलाई केन्द्रमा राखेर नेपालको संघीयतामा देखिएका सबै समस्याहरुको हल गरेर नेपालमा संघीयता किन चाहिन्छ भन्ने कुरालाई हामी प्रमाणित र स्थापित गर्न चाहान्छौँ । यो प्रतिज्ञा गर्न पनि हामी आज यहाँ उभिएका हौँ । जतिपनि मन्त्री र प्रधानमन्त्री भएका छन् सबैलाई मधेशका छोराहरुले नै पढाएर भएका हुन् । तर आज हाम्रो मधेसको विद्यालयमा गणित र विज्ञानमा सबैभन्दा बढी कमजोरी मधेस प्रदेशमै भइरहेको छ । आजको युगमा एउटा युवाले महिनाको लाखौँ कमाउने अवस्था बनिरहेको छ । मधेशको शिक्षाको गुणस्तर यस्तै रहने हो भने एकचोटि फेरि यहाँको युवाले कमाउने अवसर गुमाउनेछ । त्यसकारण मधेश प्रदेशको शिक्षाको गुणस्तर सुधार्ने प्रतिज्ञा गर्न हामी यहाँ आएका हौँ । म स्वास्थ्यमन्त्री हुँदा शुरु गरेको स्वास्थ्य बीमाको कार्यक्रम पूर्णतः लागू भइसकेको छैन । त्यो सपना पूरा गर्नुपर्नेछ । अब कुनैपनि नागरिकले कुनैपनि रोगको उपचार गर्दा एक पैसा पनि नतिरी स्वस्थ भएर घर फर्किने व्यवस्था सुरुवात गर्छौं ।’

उहाँले आफू स्वास्थ्यमन्त्री हुँदा अघि सारेको स्वास्थ्य बीमा कार्यक्रमको पूर्ण कार्यान्वयनको सपना अबको पाँच वर्षभित्र पूरा गर्ने दाबी पनि गर्नुभयो ।


प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?