Trending
>>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

‘एमाले गरिब र मजदुरको पक्षमा छ’: केपी शर्मा ओली


‘एमाले गरिब र मजदुरको पक्षमा छ’: केपी शर्मा ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सधैँ गरिब, विपन्न र मजदुर वर्गको हितमा उभिएको दाबी गर्नुभएको छ ।

झापाको दमकमा आयोजित सिटी रिक्सा चालकहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालमा भोकमरीको स्थिति लगभग अन्त्य भएको र अबको लक्ष्य पूर्ण रूपमा गरिबी निवारण रहेको बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको मुख्य प्राथमिकतामा विपन्न, सुकुम्वासी र सानो व्यवसाय गर्ने मजदुरहरू रहेको उल्लेख गर्नुभयो । उहाँले ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भन्ने सरकारी नीतिकै कारण देशमा भोकमरीको अन्त्य भएको दाबी गर्नुभयो । गरिबी अझै पनि चुनौतीको रूपमा रहेको स्वीकार गर्दै उहाँले विभिन्न उपाय र कार्यक्रमहरूमार्फत यसलाई जरैदेखि उखेल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पूर्वप्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा शुरु गरिएका स्वास्थ्य बीमा जस्ता सामाजिक सुरक्षाका कार्यक्रमहरूको महत्वमाथि प्रकाश पार्नुभयो । ३५ सय रुपैयाँमा १ लाखसम्मको उपचार पाउने व्यवस्था जनताकै करबाट सम्भव भएको बताउँदै उहाँले सरकारले जनताबाटै स्रोत संकलन गरेर जनताकै हितमा खर्च गर्ने स्पष्ट पार्नुभयो । उहाँले विकासको अनुभुति गर्ने र गराउने काममा एमाले नेतृत्वको सरकार सफल भएको जिकिर समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘खासगरी विपन्न, गरिब वर्गका साथीभाइहरू, सानो व्यवसाय, सानो आर्जन हुने व्यवसाय सञ्चालन गर्ने साथीहरू, अथवा सुकुम्वासी, गरिबहरूको सम्बन्धमा हाम्रो पार्टीले सबभन्दा बढी ध्यान दिन्छ । हाम्रो नीति कोही पनि भोकै हुनुहुँदैन, कोही पनि गरिब हुनुहुँदैन भन्ने हो। हामीले झन्डैझन्डै भोकमरीको स्थिति अन्त्य गरेका छौँ । अहिले भोकमरी भन्ने त्यस्तो छैन, किनभने मान्छे खानै नपाएर मर्ने खालको अवस्था अहिले नेपालमा छैन, त्यो लगभग अन्त्य गरेका छौँ । गरिबी छ, फेरि पनि । गरिबी छ, त्यो गरिबी अन्त्य गर्न हामी लागिराखेका छौँ। गरिबी अन्त्य गरेरै छोड्नेछौँ। त्यसका विभिन्न उपाय, तरिकाहरू हामी अवलम्बन गरिरहेका छौँ। तसर्थ, साथीहरूलाई यस सन्दर्भमा केके भएको थियो विगतमा, हामीले केके गरेका छौँ, ती कुराहरू । स्वास्थ्य बीमा हामीले प्रवन्ध ग¥यौँ । ३५ सय रुपैयाँ तिरेर १ लाखसम्मको उपचार गर्न पाइने । यो त सानो कुरा हो नि ? कहाँ ३५ सय, कहाँ १ लाख । यो बीमाको, जीवन बीमाको सम्पूर्ण रूपमा सरकारले मात्रै बेहोर्ने कुरा हामीले के बुझ्नुपर्छ भने फेरि सरकार भनेको त जनताबाटै अलिअलि उठाएर सरकारले काम चलाउने हो। सरकार आफैँसँग पैसा त हुँदैन । त्यही पैसा अलिअलि जनताबाट लिने, अलिअलि जनतालाई दिने । हामीले एउटा खुशी के मान्नुपर्छ भने यस दमकमा अहिले कति जति सिटी रिक्साहरू छन् । ५ हजारभन्दा बढी । अहिले दमकको स्थिति कहाँ पुगेको छ भने ५ हजार भन्दा बढी सिटी रिक्सा, अटो रिक्सा छ । र यो साधारण प्रगतिको कुरा होइन। हिजो दमक कस्तो थियोरु आज दमक कम्तिमा वल्लो छेउ, पल्लो छेउ सबै ठाउँमा पिच बाटो पुगेको छ, फराकिलो बाटो पुगेको छ ।’

आसन्न निर्वाचनप्रति लक्षित गर्दै उहाँले मजदुरका समस्या समाधानका लागि निर्वाचन पछि थप ठोस कदम चालिने बताउनु भयो । सिटी रिक्सा चालकहरूका समस्या आफूसम्म आइपुगेको र त्यसलाई लिपिवद्ध गरेर दिन आग्रह गर्दै ओलीले निर्वाचनको नतिजा लगत्तै ती समस्याहरूको समाधान खोजिने आश्वासन दिनुभयो । उहाँले एमालेको चुनावी चिह्न ‘सूर्य’ मा मतदान गरेर एमालेलाई जिताउन आग्रह समेत गर्नुभयो ।


प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?