Trending
>>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने
Logo
२२ कार्तिक २०८३, आईतवार
२२ कार्तिक २०८३, आईतवार

निर्वाचनको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैनः प्रमुख निर्वाचन आयुक्त भण्डारी


निर्वाचनको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैनः प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न नपाइने स्पष्ट पार्नुभएको छ ।

१० औँ निर्वाचन दिवसका अवसरमा बिहीवार आयोजित कार्यक्रममा उहाँले निर्वाचन आचारसंहिताले मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्न निषेध गरेको बताउनु भयो । उहाँले कुनैपनि प्रेससँग सम्बन्धित व्यक्ति वा संस्थाले मत सर्वेक्षण गरेर ‘फलानो उम्मेदवार जित्यो’ वा ‘फलानो हा¥यो’ भनेर अग्रिम घोषणा गर्न नपाइने उल्लेख गर्नुभयो । उहाँकाअनुसार हाल निर्वाचनको लागी सामाजिक सञ्जाल र प्रेस जगत सबैभन्दा पेचिलो विषय बनेको छ । केही अनलाइन माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले संविधानको धारा १९ अनुसार अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित गरिएको गुनासो गर्दै आयोगसमक्ष विषय उठाएको भएपनि पूर्वसन्ध्यामा मत सर्वेक्षण गरी परिणाम घोषणा गर्दा अन्य प्रतिष्पर्धीको मनोबल घट्ने र मतदातामा भ्रम तथा प्रभाव पर्नसक्ने भएकाले यस्तो कार्य कारबाहीको विषय बन्ने उहाँले स्पष्ट पार्नुभयो । निर्वाचन आयोगले यस विषयमा शुन्य सहनशीलताको नीति अपनाएको उहाँको भनाई छ । उहाँले सञ्चारमाध्यम तथा संवद्ध व्यक्तित्वहरूलाई मत सर्वेक्षण नगर्न पनि आग्रह गर्नुभयो । उहाँले सामाजिक सञ्जालको दुरुपयोग बढ्दो क्रममा रहेको उल्लेख गर्दै आयोगले यस सम्बन्धमा अध्ययन तथा अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । सामाजिक सञ्जालमार्फत कसैको चरित्र हत्या गर्ने वा कसैलाई अतिरञ्जित रूपमा प्रश्तुत गर्ने कार्य गर्न नहुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अहिलेको सन्दर्भमा सबैभन्दा पेचिलो विषयवस्तु भनेको सामाजिक सञ्जाल र प्रेस जगत हो । कुनै पनि प्रेससँग सम्बन्धित व्यक्ति तथा संस्थाहरुले निर्वाचनको पूर्वसन्ध्यामा मत सर्वेक्षण गरेर फलानोले जित्यो र फलानोले हा¥यो भनेर अग्रिम घोषणा गर्न पाइँदैन । यो आचारसंहिताले निषेध गर्दछ । केही अनलाई तथा सामाजिक सञ्जाल चलाउने व्यक्तिहरुले संविधानको धारा १९ बमोजिम हामीले गर्न पाउने हक किन कुण्ठा गर्छौं भन्ने लगायतका विषयवस्तुहरु पनि उहाँहरुले निर्वाचन आयोगमा प्रवेश गराउनुभएको छ । तर यो हुँदाहुँदै पनि मत सर्वेक्षण गरेर परिणाम घोषणा ग¥यो भने त्यसमा अरु सबै प्रतिष्पर्धीको मनोबल घिर्छ र मतदाताहरुको मनोबल पनि भड्किन्छ । त्यसो भएको हुनाले यो कारबाहीको विषय बन्छ, बन्नैपर्छ । निर्वाचन आयोगले यसको शुन्य सहनशिलता अपनाएको छ । कुनैपनि प्रेस जगतमा संलग्न व्यक्तित्वहरुले कृपया मत सर्वेक्षण नगरिदिनुहोला । हामीलाई त्यो विषयवस्तुमा मतसर्वेक्षणको विषयमा कारबाहीको कलम चलाउन बाध्य नपारियोस् । मैले सबै सञ्चारक्षेत्रका साथीहरुलाई आग्रह गरे कृपया यो काम बन्द गरियोस् । अहिले सामाजिक सञ्जालको व्यापक दुरुपयोग बढिरहेको छ । हामीले त्यो सम्बन्धमा अध्ययन अनुसन्धान गरिरहेका छौँ । त्यसको प्रतिवेदन साथीहरुले तयार गरिरहनुभएको छ । सामाजिक सञ्जाल दुरुपयोग गरेर कोही व्यक्तिको चरित्र हत्या गर्ने र सकैलाई एकदम परमाधिपति बनाउने लगायतका विषयवस्तु पनि सामाजिक सञ्जालबाट हुनुहुँदैन ।’

उहाँले समाजिक सञ्जालमा आएका सबै विषयवस्तुलाई सही नठान्न पनि आग्रह गर्नुभयो । उहाँले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई पनि अनावश्यक विषयवस्तु प्रचारप्रसार नगर्न आग्रह गर्नुभयो । निर्वाचन आचारसंहिता सबैले पालना गर्नुपर्ने उल्लेख गर्नुहुँदै उहाँले आचारसंहिता पालना नगरे सबै कारबाहीको भागिदार हुनुपर्ने बताउनु भयो ।


प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?