Trending
>>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

मतदाता फागुन २१ को व्यग्र प्रतिक्षामा छन्, सबैभन्दा बढी मतदान हुन्छः प्रमुख निर्वाचन आयुक्त भण्डारी


निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदाताहरु मतदान गर्ने दिनको व्यग्र प्रतिक्षामा रहेको बताउनुभएको छ । १० औँ निर्वाचन दिवसका अवसरमा बिहीवार आयोजित कार्यक्रममा उहाँले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा बढी मतदान हुने बताउनुभएको हो । उहाँले आसन्न निर्वाचनमा सबैभन्दा बढी मतदान हुने र मत बदरको संख्या पनि सबैभन्दा कम हुने दाबी गर्नुभयो । खसेको मतमध्ये लगभग सबै सदर हुने आयोगको अपेक्षा रहेपनि केही प्रतिशत बदर हुनसक्ने उहाँको भनाई छ । अघिल्ला निर्वाचनको तुलनामा निकै कम मत बदर हुने उहाँले बताउनु भयो । आयोगले सञ्चालन गरिरहेको मतदाता शिक्षा कार्यक्रमले पनि मत बदर नहुने गरी मतदान गर्ने तरिका सिकाइएको उहाँको भनाइ छ । तर मतदातालाई मतदानस्थल वा मतदान केन्द्रसम्म लैजाने वातावरण बनाउन भने सबै पक्ष जिम्मेवार बन्नुपर्ने उहाँले बताउनु भयो । राजनीतिक दल, दलका उम्मेद्वार, नेता तथा कार्यकर्ताहरूले मतदातामैत्री वातावरण सिर्जना गर्न विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले मतदाताहरू मतदान केन्द्रसम्म पुग्ने वातावरण बन्न नसकेमा भने मतदान प्रक्रियामा सहभागी हुन चाहने मतदाता पनि पछि हट्न सक्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘राजनीतिक दल, दलका उम्मेद्वार, दलका नेता कार्यकर्ता सबैले मतदातामय वातावरण बनाउनुपर्छ । मतदाताहरु मतदान गर्न मतदातास्थलमा पुग्ने वातावरण सृष्टि भएन भने मतदान प्रक्रियामा आउनुहुने मतदाताहरु पनि नआएर चुप लागेर बस्दिन सक्ने हुन्छ । हाम्रो आयोगको के रिसर्च छ भने यसपटकको निर्वाचनमा सबैभन्दा बढी मतदान हुन्छ । मतप्रतिशत धेरै खस्छ र मत बदरको प्रतिशत पनि साह्रै कम हुन्छ । खसेको मत लगभग सबै सदर हुन्छ, बदर हुँदैन भन्ने हामी विश्वास लिएर बसेको छौँ । केही प्रतिशत बदर होला तर पहिलाको तुलनामा यसपटक मतदाताहरु पनि असाध्यै चनाखो भएर बस्नुभएको छ । कतिबेला मतदानको दिन आउँला र मतदान गरौँला भनेर व्यग्र प्रतिक्षामा हुनुहुन्छ । हाम्रा स्वयंसेवकहरुले पनि मतदाता शिक्षा संचालन गर्दा मत बदर नुहनेगरि गर्न सिकाउनुभएको छ ।’ निर्वाचन आयोगले विहीवार एक कार्यक्रमको आयोजना गरी १० औँ निर्वाचन दिवस मनाएको हो । सो अवसरमा आयोगले स्मारिका समेत सार्वजानिक गरेको छ । आयोगले निर्वाचन दिवसको अवसरमा प्रदान गर्ने पुरस्कार भने आगामी वैशाख १ गते विशेष कार्यक्रमको आयोजना गरी सार्वजानिक गर्ने जनाएको छ ।

काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदाताहरु मतदान गर्ने दिनको व्यग्र प्रतिक्षामा रहेको बताउनुभएको छ ।

१० औँ निर्वाचन दिवसका अवसरमा बिहीवार आयोजित कार्यक्रममा उहाँले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा बढी मतदान हुने बताउनुभएको हो । उहाँले आसन्न निर्वाचनमा सबैभन्दा बढी मतदान हुने र मत बदरको संख्या पनि सबैभन्दा कम हुने दाबी गर्नुभयो । खसेको मतमध्ये लगभग सबै सदर हुने आयोगको अपेक्षा रहेपनि केही प्रतिशत बदर हुनसक्ने उहाँको भनाई छ । अघिल्ला निर्वाचनको तुलनामा निकै कम मत बदर हुने उहाँले बताउनु भयो । आयोगले सञ्चालन गरिरहेको मतदाता शिक्षा कार्यक्रमले पनि मत बदर नहुने गरी मतदान गर्ने तरिका सिकाइएको उहाँको भनाइ छ । तर मतदातालाई मतदानस्थल वा मतदान केन्द्रसम्म लैजाने वातावरण बनाउन भने सबै पक्ष जिम्मेवार बन्नुपर्ने उहाँले बताउनु भयो । राजनीतिक दल, दलका उम्मेद्वार, नेता तथा कार्यकर्ताहरूले मतदातामैत्री वातावरण सिर्जना गर्न विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले मतदाताहरू मतदान केन्द्रसम्म पुग्ने वातावरण बन्न नसकेमा भने मतदान प्रक्रियामा सहभागी हुन चाहने मतदाता पनि पछि हट्न सक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिक दल, दलका उम्मेद्वार, दलका नेता कार्यकर्ता सबैले मतदातामय वातावरण बनाउनुपर्छ । मतदाताहरु मतदान गर्न मतदातास्थलमा पुग्ने वातावरण सृष्टि भएन भने मतदान प्रक्रियामा आउनुहुने मतदाताहरु पनि नआएर चुप लागेर बस्दिन सक्ने हुन्छ । हाम्रो आयोगको के रिसर्च छ भने यसपटकको निर्वाचनमा सबैभन्दा बढी मतदान हुन्छ । मतप्रतिशत धेरै खस्छ र मत बदरको प्रतिशत पनि साह्रै कम हुन्छ । खसेको मत लगभग सबै सदर हुन्छ, बदर हुँदैन भन्ने हामी विश्वास लिएर बसेको छौँ । केही प्रतिशत बदर होला तर पहिलाको तुलनामा यसपटक मतदाताहरु पनि असाध्यै चनाखो भएर बस्नुभएको छ । कतिबेला मतदानको दिन आउँला र मतदान गरौँला भनेर व्यग्र प्रतिक्षामा हुनुहुन्छ । हाम्रा स्वयंसेवकहरुले पनि मतदाता शिक्षा संचालन गर्दा मत बदर नुहनेगरि गर्न सिकाउनुभएको छ ।’

निर्वाचन आयोगले विहीवार एक कार्यक्रमको आयोजना गरी १० औँ निर्वाचन दिवस मनाएको हो । सो अवसरमा आयोगले स्मारिका समेत सार्वजानिक गरेको छ । आयोगले निर्वाचन दिवसको अवसरमा प्रदान गर्ने पुरस्कार भने आगामी वैशाख १ गते विशेष कार्यक्रमको आयोजना गरी सार्वजानिक गर्ने जनाएको छ ।


प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?