युएई। शहरी विकास मन्त्री सीता गुरुङले नेपालजस्ता देशका लागि जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२८ मा स्थापना गरिएको हानि, नोक्सानी कोष) मार्फत एकीकृत दृष्टिकोण र सहकार्यको आवश्यकता रहेको बताएकी छन् । संयुक्त अरब इमिरेटस् (युएई) को दुबईमा जारी कोप-२८ का क्रममा आज भएको ‘सहरीकरण र जलवायु
जलेश्वर,महोत्तरी। महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिकाले नगरक्षेत्रभित्रका आर्थिक अवस्था कमजोर भएका तथा विपन्न परिवारका छोराछोरीको सामूहिक विवाह गरिदिने भएको छ । नगरभित्र अधिकांश नागरिकको आर्थिक अवस्था कमजोर भएकाले उनीहरुका छोराछोरीको निःशुल्क सामूहिक विवाह गरिदिने पालिका कार्यालयले जनाएको छ । उक्त नगर प्रमुख मोहन पाण्डेयले आफ्नो नगरक्षेत्रभित्र गरिब तथा विपन्न परिवारको
काठमाडौं। गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्प प्रभावित क्षेत्रमा खटिएको एक हजार बढीको नेकपा एमालेको स्वयंसेवक टिम दुई हप्ता बढी सेवा गरेर फर्किएको छ । जाजरकोट र रुकुम पश्चिममा पार्टीको निर्णयअनुसार खटिएको दक्ष जनशक्तिसहितको टोलीले १५ दिनभन्दा बढी स्वयंसेवी काम गरेको छ । कात्तिक १७ गते भूकम्प गएपछि मध्यरातदेखि
काठमाडौं। आज सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । त्यस्तै, बुधबार एक लाख १८ हजार ४०० रुपैयाँमा छापावाल सुन, एक लाख १७ हजार ८५० रुपैयाँ तेजाबी सुन
काठमाडौं। दुग्ध किसानको भुक्तानी व्यवस्था मिलाउन अखिल नेपाल किसान महासंघले माग गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै महासंघले दुग्ध उत्पादक किसानले भुक्तानी नपाउने अवस्था बन्नु दुःखद भएको जनाएको हो । त्यसैगरी, दूधको भुक्तानी नपाउँदा झण्डै ३० लाख किसान परिवार आश्रित रहेको दुग्ध उत्पादन व्यवसाय निरुत्साहित हुने महासंघले जनाएको छ
बाजुरा। बूढीनन्दा नगरपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका-३ बडालाकी ३७ वर्षीया धर्मा विष्ट रहेको जनाइएको छ । उक्त गाउँ नजिकै रहेको देउपानी मेलामा घाँस काट्न गएका बेला भीरबाट ढुङ्गा खसेर टाउकोमा लागेपछि मृत्यु भएको वडा नं ३ का वडाध्यक्ष जङ्गवीर
काठमाडौं। लैङ्गिक हिंसाविरुद्ध सचेतनाका लागि काठमाडौंमा आयोजना हुन लागेको चित्रकला प्रदर्शनीका लागि आफ्ना सिर्जना बुझाउन आह्वान गरिएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा पारेर बुढानीलकण्ठ नगरपालिकाद्वारा आयोजना गरिएको उक्त प्रदर्शनीका लागि आफ्ना चित्र सिर्जना बुझाउन कलाकारलाई आह्वान गरिएको हो । त्यस्तै, चित्रहरु लैङ्गिक हिंसाविरुद्ध सकारात्मक सचेतना दिने र
काठमाडौं । युवा गायक अबिराज लकान्द्रीले आफ्नो पहिलो सांगीतिक सौगात 'सुनिदेउ न' सार्वजनिक गरेका छन्। यस गीतमा स्वर, शब्द र संगीतमा स्वयम् गायक लकान्द्रीको रहेको छ। गीतको अडियोको काम 'क्लास एक्स' मा गरिएको हो। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा गायक लकान्द्री, सुम्निमा रानाबिचको अन्स्क्रिन प्रेम र रोमान्स
काठमाडौं। राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलका चोकमा सिसि क्यामरा जडान सुरु गरिएको छ । ठमेल पर्यटन विकास परिषद्को पहल तथा काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सहयोगमा ठमेलका प्रत्येक चोकमा सिसी क्यामरा जडान गरिएको हो । उक्त परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रको शान्तिसुरक्षा बलियो बनाइ यस क्षेत्रलाई
चितवन। पत्रकार एवं कथाकार वसन्त पराजुलीको अङ्ग्रेजी कथाहरुको सङ्ग्रह ‘ड्रिमी आइज’ सार्वजनिक भएको छ । पछिल्लो पुस्ताका चर्चित कथाकार पराजुलीको यो तेस्रो कृति हो । कथा सङ्ग्रह भित्र १७ कथा समावेश गरिएका छन् भने ती कथाहरु मिलि जोशी र भरत भट्टराईले अनुवाद गरेका हुन् । यसअघि उहाँका कुमाता र मोम्चो