Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

कथाकार पराजुलीको ‘ड्रिमी आईज’ सार्वजनिक


चितवन। पत्रकार एवं कथाकार वसन्त पराजुलीको अङ्ग्रेजी कथाहरुको सङ्ग्रह ‘ड्रिमी आइज’ सार्वजनिक भएको छ । पछिल्लो पुस्ताका चर्चित कथाकार पराजुलीको यो तेस्रो कृति हो । कथा सङ्ग्रह भित्र १७ कथा समावेश गरिएका छन् भने ती कथाहरु मिलि जोशी र भरत भट्टराईले अनुवाद गरेका हुन् । यसअघि उहाँका कुमाता र मोम्चो कथासङ्ग्रह प्रकाशित भइसकेका छन् ।

नेपाल इङ्लिस ल्याङ्वेज टिचर्स एशोसिएसन (नेल्टा) चितवनद्वारा बुधबार आयोजित कार्यक्रममा कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष एलबी क्षेत्री, भिलेज अफ इङ्लिस राइटर्स (भ्यू) चितवनका अध्यक्ष डा केशवराज चालिसे, नेल्टा चितवनका अध्यक्ष बटुकलाल तामाङ, भुँडीपुराण पब्लिकेसन्सका प्रबन्ध निर्देशक केशव पराजुली, साहित्यकार हरि गौतमलगायतले संयुक्त रुपमा सो कृति सार्वजनिक गरेका हुन् ।

सो अवसरमा पुस्तक समीक्षा कार्यशाला गरिएको थियो । उक्त कार्यशालामा अङ्ग्रेजी विषयका २५ शिक्षकहरू सहभागी भएका थिए । उक्त कार्यशालामा शिक्षकहरूले कृति पढेर समीक्षा तयार गरी प्रस्तुत गरेका थिए । त्यस्तै, समूह बनाएर समीक्षा गरिएका सामग्रीलाई मनोजकुमार विष्ट, मनोज क्षेत्री, अञ्जलि भुसाल र अर्जुन भट्टले प्रस्तुत गरेका थिए ।

उक्त पत्रकार पराजुली विगत दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा क्रियाशील छन् भने पछिल्ला वर्षमा उनी साहित्य लेखनतर्फ लागेका छन् ।


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?