Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२७ माघ २०८२, मंगलवार
२७ माघ २०८२, मंगलवार

८१६ अस्थायी आवास र १६ वटा विद्यालय भवन बनाएर फर्किए एमालेका स्वयंसेवक


काठमाडौं। गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्प प्रभावित क्षेत्रमा खटिएको एक हजार बढीको नेकपा एमालेको स्वयंसेवक टिम दुई हप्ता बढी सेवा गरेर फर्किएको छ ।

जाजरकोट र रुकुम पश्चिममा पार्टीको निर्णयअनुसार खटिएको दक्ष जनशक्तिसहितको टोलीले १५ दिनभन्दा बढी स्वयंसेवी काम गरेको छ । कात्तिक १७ गते भूकम्प गएपछि मध्यरातदेखि नै जाजरकोट र रुकुमका स्थानीय पार्टी नेता कार्यकर्ताहरू उद्धार कार्यमा परिचालित भएका भए पनि दक्ष कामदार सहितको जिफण्टको टोलीले मङ्सिर १ गतेबाट र अन्य स्वयंसेवकले मङ्सिर ३ गतेबाट काम थालेका थिए ।

त्यस्तै, कात्तिक १८ गते पार्टी उपमहासचिव विष्णु रिमालसहितको टोलीले भूकम्प प्रभावित क्षेत्रहरूमा मानवीय तथा भौतिक क्षतिको स्थलगत अवलोकन गरेपछि त्यसको भोलिपल्टै अनेरास्ववियुको चिकित्सक सहितको टोली खटाइएको थियो ।

प्रभावित क्षेत्रमा भत्किएका संरचना हटाउन र अस्थायी आवास निर्माणको लागि कात्तिक ३० गते दक्ष जनशक्तिसहित जिफन्टको ७५ जनाको समूह काठमाडौंबाट हिँडेको थियो । त्यसपछि पार्टी केन्द्रीय सदस्य एवम् विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख किरण पौडेलको नेतृत्वमा मंसिर ३ गते देशभरबाट एक हजार स्वयंसेवकको टिम प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिममा अस्थायी आवास निर्माण तथा भत्किएका संरचना हटाउने काममा खटेको थियो ।

प्रभावित क्षेत्रमा एमालेले २५ जनाका दरले ४० वटा समूह बनाई प्रभावित क्षेत्रमा खटाएको थियो । ती स्वयंसेवक प्रभावित दुई जिल्लाका विभिन्न बस्तीमा भग्नावशेष व्यवस्थापन तथा अस्थायी आवास निर्माणमा जुटेका थिए । जसमध्ये २५ समूहले जाजरकोटमा र १५ समूहले रुकुमपश्चिम काम गरेका थिए ।

सो अवधिमा एमालेका स्वयंसेवकले ५ सय ३ वटा भग्नावशेष व्यवस्थापन गरेका छन् ।


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?