Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

चित्रकलामार्फत हिंसाविरुद्ध सचेतना


काठमाडौं। लैङ्गिक हिंसाविरुद्ध सचेतनाका लागि काठमाडौंमा आयोजना हुन लागेको चित्रकला प्रदर्शनीका लागि आफ्ना सिर्जना बुझाउन आह्वान गरिएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा पारेर बुढानीलकण्ठ नगरपालिकाद्वारा आयोजना गरिएको उक्त प्रदर्शनीका लागि आफ्ना चित्र सिर्जना बुझाउन कलाकारलाई आह्वान गरिएको हो ।

त्यस्तै, चित्रहरु लैङ्गिक हिंसाविरुद्ध सकारात्मक सचेतना दिने र सकारात्मक भाव झल्किने हुनुपर्ने नगरपालिकाका प्रशासकीय अधिकृत केदारकुमार खड्काले बताएका छन् । उनले यही मङ्सिर २२ सम्म चित्रसिर्जना बुझाइसक्न सार्वजनिक आह्वान गरिएको र यही २४ गते प्रदर्शनी गरिने जानकारी दिए । हरेक क्षेत्रबाट यसैगरी हिंसाविरुद्ध सचेतना फैलाउने हो भने घटना न्यूनीकरणमा सहयोग पुग्ने हुँदा यसपाली कलाका माध्यामबाट सचेतना दिन खोजेको नगरपालिकाले जनाएको छ ।

यसका लागि कलाकार दीपेन्द्रमान बनेपाली र सुमित्रा श्रेष्ठले संयोजन गरिरहेका छन् । सो कलाकार बनेपालीले प्रदर्शनीका लागि कलाकारबाट चित्र प्राप्त हुने क्रम जारी रहेको जानकारी दिए । लैङ्गिक हिंसाका घटना प्रायः आफन्त र चिनेजानेका व्यक्तिबाटै बढी हुने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख रहेको छ भने अझ कम उमेरका बालबालिका यसको सिकार भइरहेका छन् ।

त्यस्तै, नेपाल प्रहरीको तथ्याङ्कले ८९ प्रतिशत घटना चिनाजानका मानिसबाट भएको छ भने ८० प्रतिशत घटना घरेलु हिंसामा रहेको सार्वजनिक विवरणमा उल्लेख गरिएको छ ।


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?