Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

चित्रकलामार्फत हिंसाविरुद्ध सचेतना


काठमाडौं। लैङ्गिक हिंसाविरुद्ध सचेतनाका लागि काठमाडौंमा आयोजना हुन लागेको चित्रकला प्रदर्शनीका लागि आफ्ना सिर्जना बुझाउन आह्वान गरिएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा पारेर बुढानीलकण्ठ नगरपालिकाद्वारा आयोजना गरिएको उक्त प्रदर्शनीका लागि आफ्ना चित्र सिर्जना बुझाउन कलाकारलाई आह्वान गरिएको हो ।

त्यस्तै, चित्रहरु लैङ्गिक हिंसाविरुद्ध सकारात्मक सचेतना दिने र सकारात्मक भाव झल्किने हुनुपर्ने नगरपालिकाका प्रशासकीय अधिकृत केदारकुमार खड्काले बताएका छन् । उनले यही मङ्सिर २२ सम्म चित्रसिर्जना बुझाइसक्न सार्वजनिक आह्वान गरिएको र यही २४ गते प्रदर्शनी गरिने जानकारी दिए । हरेक क्षेत्रबाट यसैगरी हिंसाविरुद्ध सचेतना फैलाउने हो भने घटना न्यूनीकरणमा सहयोग पुग्ने हुँदा यसपाली कलाका माध्यामबाट सचेतना दिन खोजेको नगरपालिकाले जनाएको छ ।

यसका लागि कलाकार दीपेन्द्रमान बनेपाली र सुमित्रा श्रेष्ठले संयोजन गरिरहेका छन् । सो कलाकार बनेपालीले प्रदर्शनीका लागि कलाकारबाट चित्र प्राप्त हुने क्रम जारी रहेको जानकारी दिए । लैङ्गिक हिंसाका घटना प्रायः आफन्त र चिनेजानेका व्यक्तिबाटै बढी हुने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख रहेको छ भने अझ कम उमेरका बालबालिका यसको सिकार भइरहेका छन् ।

त्यस्तै, नेपाल प्रहरीको तथ्याङ्कले ८९ प्रतिशत घटना चिनाजानका मानिसबाट भएको छ भने ८० प्रतिशत घटना घरेलु हिंसामा रहेको सार्वजनिक विवरणमा उल्लेख गरिएको छ ।


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?