थलारा,बझाङ। बझाङको थलारास्थित कालिका आधारभूत विद्यालय बिस्खेतका शिक्षक गगनबहादुर शाहीलाई विद्यालय आफ्नै घरजस्तै लाग्छ । छ घण्टा मात्रै विद्यालय समय भए पनि उनको दैनिकी विद्यालय तथा विद्यार्थीसँगै बित्ने गर्छ । खुला तथा सफा ठाउँ, मन मिल्ने सहकर्मी तथा विद्यार्थी अधिकांश समय विद्यालयमै हुने भएकाले शाहीलाई विद्यालयबाट बाहिर जान खासै मन
चितवन। भारतीय नम्बर प्लेटको जीप त्रिशूली नदीमा खसेको छ । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो । आज बिहान पौने पाँच बजेको समयमा जीप त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिएका छन् । जीप सडकबाट करिब
काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीन वटा खेल हुने भएका छन् । कोशी प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज बिहान ९ : १५ बजे सुरु हुनेछ । अर्को खेल काठमाडौंको मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेश र मधेस प्रदेशबीच बिहान ९ :१५ बजे
काठमाडौँ। नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर रु एकले घटाएको छ । इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ २६, डिजल प्रतिलिटर ८३ पैसाले घटेर आएकाले निगम सञ्चालक समितिले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको
काठमाडौं । संघीय नेपालको राजधानी काठमाडौंकाे रात्रिकालिन जीवन चर्चामा रहन्छ । काठमाडौंको रात्रिकालीन अवस्था विकृतिजन्य क्रियाकलापले पनि भारिएको पाइन्छ । तर, सबैलाई भुलेर काठमाडौंको रात्रिकालिन सुन्दरतालाई हेर्ने हो भने युरोप र अमेरिकाको स्तरमा भइरहेको विकासलाई देख्न सकिन्छ । आउनुस घुमौँ रात्रिकालिन काठमाडौंः
काठमाडौं । टुँडिखेलमा आयोजित मगर र थारु समुदायको माघेसंक्रान्ति मेला भर्न गएका १६ जना च्यापिएर घाइते भएका छन् । प्रवेश द्ववारस साँघुरो हुँदा उनीहरु च्यापिन पुगेका हुन् । घाइेत हुने अधिकांश महिला र बालबालिका रहेका छन् । उनीहरु मेला भर्न टुँडिखेल पुगेका थिए । मेला प्रवेश गर्न आयोजकले पश्चिमततर्फको मात्रै
काभ्रेपलान्चोक । तेमाल गाँउपालिका ४ बोल्दे फेदिचेमा बाघको आक्रमणबाट स्थानीय बाबुराम दर्जी घाईते भएका छन् । स्थानीय भक्त लामाका अनुसार दर्जीलाई जंगल गएको अबश्थामा बाघले आक्रमण गरेको हो । उनको अनुहार,हात खुट्टामा र टाउकोमा गम्भिर चोट लागेको छ । आक्रमणबाट दर्जी सख्त घाईते बनेका छन् । उनलाइ करिव डेढ किलाेमिटर
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टार्गेट पूरा नगर्ने कर्मचारीको जिम्मेवारी हेरफेर गर्ने बताएका छन् । आफूले दिएका टार्गेट एक महिनाभित्र पूरा नगर्ने कर्मचारीको जिम्मेवारी हेरफेर गर्ने बताएका हुन् । सोमबार अर्घाखाँचीस्थित सन्धीखर्कको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू नियमित रूपमा १० बजेभित्रै कार्यालय सिंहदरवार पुगेर मन्त्रालयको रिपोर्टिङ लिने गरेको
खजुरा,बाँके। योग समिति नेपालले आज नेपालगञ्जमा नवौँ राष्ट्रिय योग दिवस मनाएको छ । नेपालगञ्ज उपमहानगरपालिका परिसरमा विशेष कार्यक्रमको आयोजना गरी योग दिवस मनाइएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट र नरैनापुर गाउँपालिकाकाअध्यक्ष इस्तियाक अहमद शाहको उपस्थितिमा योग समिति नेपालले योग दिवस मनाएको योगगुरु गिरिराज भट्टराईले बताएका छन् । नपालगञ्जका
वीरगञ्ज,पर्सा। कोरोनाका नयाँ सङ्क्रमित भेटिएपछि भारतसँग सीमा जोडिएको पर्साको वीरगञ्जस्थित नाकामा स्वास्थ्य सतर्कता बढाइएको छ । भारतको विभिन्न स्थानमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जानुका साथै केही दिनअघि वीरगञ्जस्थित सीमानाकामा नयाँ सङ्क्रमित भेटिएपछि स्वास्थ्य सतर्कता बढाइएको हो । उक्त सीमानाकामा स्वास्थ्य सहायताकक्ष स्थापना गरी भारतबाट आउनेहरुको निरीक्षण र निगरानी गन थालिएको