Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

टुँडिखेलमा माघेसंक्रान्ति मेलामा ठेलमठेल हुँदा १६ जना घाइते !


काठमाडौं । टुँडिखेलमा आयोजित मगर र थारु समुदायको माघेसंक्रान्ति मेला भर्न गएका १६ जना च्यापिएर घाइते भएका छन् । प्रवेश द्ववारस साँघुरो हुँदा उनीहरु च्यापिन पुगेका हुन् । घाइेत हुने अधिकांश महिला र बालबालिका रहेका छन् । उनीहरु मेला भर्न टुँडिखेल पुगेका थिए । मेला प्रवेश गर्न आयोजकले पश्चिमततर्फको मात्रै प्रवेश द्ववार खोलेको थियो । मेला भर्न जाने सबै सर्बसाधरणको घुइँचो बढेपछि प्रवेश द्ववारमा ठेमलमेठ चलेको थियो ।

घाइतेमा खोटाङ हलेशी तुवाचुङ नपा–१० का १२ बर्षी य त्रिसना मगर, ललितपुर चामुण्डाका १२ वर्षीय अन्जना तामाङ, धादिङ गंगा जमुना गापा–५ का १९ बर्षीय रेजिना घले, ललितपुर चाखुपाटका १६ बर्षीय निकिता मगर, बर्दिया राधापुर नपा–१ की ३० बर्षीय रेखा चौधरी, प्युठान खलङगा गापा–४ का १६ बर्षीय अनिसा केसी रहेका छन् ।

त्यस्तै, घटनामा कैलाली भजनिया नपा–३ का २५ बर्षीय कल्पना चौधरी, सुनसरी धरान उमनपा–३ का २२ बर्षीय मन्दिरा बस्नेत, ललितपुर मनपा–२२ की ४० बर्षीय मिना थापा, कैलाली घोडाघोडीकी १९ बर्षीय रिजा रेस्मी मगर पनि घाइेत भएका छन् । घाइेतमा हुनेमा एक नेपाल प्रहरीका जवान पृथ्वी बुढामगर पनि रहेका छन् । कोशी प्रदेश तालिमकेन्द्र दरबन्दी भएका उनी हाल त्रिपुरेश्वर विशेष सुरक्षा गणमा कार्यरत थिए ।

पाल्पा तानसेन नपा–१४ का २५ वर्षीय निशा राना थापा, संखुवाशभा म्यादी नपा–४ का २२ बर्षीय निर्मला श्रेष्ठ, ललितपुर मनपा–२२ का २७ बर्षीय रश्मी नेपाल, काठमाडौं चौमतीकी ११ बर्षीय युनिका बराल, उदयपुर रौतामाई गापा–८ की १४ बर्षीय करिश्मा मगर पनि घाइेत भएका छन् ।


प्रकाशित मिति: १ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?