Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

टुँडिखेलमा माघेसंक्रान्ति मेलामा ठेलमठेल हुँदा १६ जना घाइते !


काठमाडौं । टुँडिखेलमा आयोजित मगर र थारु समुदायको माघेसंक्रान्ति मेला भर्न गएका १६ जना च्यापिएर घाइते भएका छन् । प्रवेश द्ववारस साँघुरो हुँदा उनीहरु च्यापिन पुगेका हुन् । घाइेत हुने अधिकांश महिला र बालबालिका रहेका छन् । उनीहरु मेला भर्न टुँडिखेल पुगेका थिए । मेला प्रवेश गर्न आयोजकले पश्चिमततर्फको मात्रै प्रवेश द्ववार खोलेको थियो । मेला भर्न जाने सबै सर्बसाधरणको घुइँचो बढेपछि प्रवेश द्ववारमा ठेमलमेठ चलेको थियो ।

घाइतेमा खोटाङ हलेशी तुवाचुङ नपा–१० का १२ बर्षी य त्रिसना मगर, ललितपुर चामुण्डाका १२ वर्षीय अन्जना तामाङ, धादिङ गंगा जमुना गापा–५ का १९ बर्षीय रेजिना घले, ललितपुर चाखुपाटका १६ बर्षीय निकिता मगर, बर्दिया राधापुर नपा–१ की ३० बर्षीय रेखा चौधरी, प्युठान खलङगा गापा–४ का १६ बर्षीय अनिसा केसी रहेका छन् ।

त्यस्तै, घटनामा कैलाली भजनिया नपा–३ का २५ बर्षीय कल्पना चौधरी, सुनसरी धरान उमनपा–३ का २२ बर्षीय मन्दिरा बस्नेत, ललितपुर मनपा–२२ की ४० बर्षीय मिना थापा, कैलाली घोडाघोडीकी १९ बर्षीय रिजा रेस्मी मगर पनि घाइेत भएका छन् । घाइेतमा हुनेमा एक नेपाल प्रहरीका जवान पृथ्वी बुढामगर पनि रहेका छन् । कोशी प्रदेश तालिमकेन्द्र दरबन्दी भएका उनी हाल त्रिपुरेश्वर विशेष सुरक्षा गणमा कार्यरत थिए ।

पाल्पा तानसेन नपा–१४ का २५ वर्षीय निशा राना थापा, संखुवाशभा म्यादी नपा–४ का २२ बर्षीय निर्मला श्रेष्ठ, ललितपुर मनपा–२२ का २७ बर्षीय रश्मी नेपाल, काठमाडौं चौमतीकी ११ बर्षीय युनिका बराल, उदयपुर रौतामाई गापा–८ की १४ बर्षीय करिश्मा मगर पनि घाइेत भएका छन् ।


प्रकाशित मिति: १ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?