Trending
>>   पाकिस्तानमा अमेरिका–विरोधी प्रदर्शनमा २० को मृत्यु, १०० भन्दा बढी घाइते >>   मिचिएको भूमि फिर्ता र नयाँ नक्शाः राष्ट्रिय स्वाभिमानको नयाँ उचाईः ओली >>   होलीः सडकमा पोखिएको इन्द्रेणी >>   ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदान गर्न लाइन बस्नुपर्दैनः आयुक्त तुलाधर >>   निर्वाचन देश जलाउने र बनाउने बीचको जनमत सङ्ग्रहः ओली >>   दक्षिण भारतमा पटाका कारखानामा विस्फोटः २१ जनाको मृत्यु >>   जनता अब बाठो भइसके, भ्रम फैलाउनेलाई होइन, विकास गर्नेलाई रोज्छन्ः अध्यक्ष ओली >>   होली मनाउन शुरु, वसन्तपुर चीर पूजा गर्नेको भीड >>   काभ्रेपलाञ्चोकको निर्वाचन सुरक्षा कडा पारियो, ८८ मतदानस्थल संवेदनशील र २३ अतिसंवेदनशील सूचीमा >>   पक्राउ परे दुर्गा प्रसाईं
Logo
१८ फाल्गुन २०८२, सोमबार
१८ फाल्गुन २०८२, सोमबार

आज नेपालगञ्जमा नवौँ राष्ट्रिय योग दिवस मनाइयो


खजुरा,बाँके।  योग समिति नेपालले आज नेपालगञ्जमा नवौँ राष्ट्रिय योग दिवस मनाएको छ । नेपालगञ्ज उपमहानगरपालिका परिसरमा विशेष कार्यक्रमको आयोजना गरी योग दिवस मनाइएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट र नरैनापुर गाउँपालिकाकाअध्यक्ष इस्तियाक अहमद शाहको उपस्थितिमा योग समिति नेपालले योग दिवस मनाएको योगगुरु गिरिराज भट्टराईले बताएका छन् ।
नपालगञ्जका प्रमुख बिष्टले आधुनिक समाजमा योगको महत्व बढ्दै गएको भन्दै शारीरिक सुस्वास्थ्य र स्वस्थ जीवनशैलीका लागि योग अति आवश्यक रहेको बताउनुभयो । शारीरिक तन्दुरुस्तीका लागि पनि विश्वभर योगको आकर्षण बढ्दै गएको बताए ।
त्यस्तै, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले सबै प्रकारको रोगबाट मुक्ति मिल्ने योगाभ्यास ग्रामीण क्षेत्रमा योगबारे अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले योगले शारीरिक तथा मानसिक रुपमा पनि नागरिकलाई स्वस्थ बनाउने भएकाले स्थानीय सरकारले यसलाई जोड दिएर राष्ट्रिय दिवसका रुपमा मनाउने गरेको समेत बताए ।
अध्यक्ष शाहले नेपालगञ्ज उपमहानगरपालिका र नरैनापुर गाउँपालिकाको सहयोगमा राष्ट्रियस्तरको योग सम्मेलन गर्नका लागि तयारी गर्न योग समिति नेपाललाई आग्रह गरका छन् ।
सो अवसरमा योगमार्फत मानवसेवामा अतुलनीय योगदान पु¥याएको भन्दै योग समितिका आजीवन सदस्य नीलबहादुर शाक्यलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । योगगुरु भट्टराईले योगको प्रशिक्षण दिनाका साथै यसको महत्वबारे बताएका थिए ।

प्रकाशित मिति: १ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?