Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

प्रधानमन्त्री कप क्रिकेटः आज तीन खेल हुने


काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीन वटा खेल हुने भएका छन् ।

कोशी प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज बिहान ९ : १५ बजे सुरु हुनेछ । अर्को खेल काठमाडौंको मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेश र मधेस प्रदेशबीच बिहान ९ :१५ बजे सुरु हुने छ ।

तेस्रो खेल रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच आजै बिहान ९ :०० बजे सुरु हुने छ ।हालसम्म सम्पन्न खेलको नतिजाअनुसार एपिएफ क्लब अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । एपिएफले आफ्ना दुवै खेल जितेर चार अङ्क जोडेको छ ।

यस्तै त्रिभुवन आर्मी क्लब अङ्क तालिकाको दोस्रो स्थानमा, सुदूरपश्चिमी प्रदेश तेस्रो, नेपाल पुलिस क्लब चौथो, कर्णाली प्रदेश पाँचौँ, मधेस प्रदेश छैठौँ र लुम्बिनी प्रदेश सातौँ स्थानमा रहेका छन् । दुई दुई वटा खेल खेलेका गण्डकी, बागमती र कोशी प्रदेश हालसम्म जितविहीन अवस्थामा छन् ।


प्रकाशित मिति: २ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?