Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

टार्गेट पूरा नगर्ने कर्मचारीको जिम्मेवारी हेरफेर गरिन्छ: प्रधानमन्त्री


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टार्गेट पूरा नगर्ने कर्मचारीको जिम्मेवारी हेरफेर गर्ने बताएका छन् । आफूले दिएका टार्गेट एक महिनाभित्र पूरा नगर्ने कर्मचारीको जिम्मेवारी हेरफेर गर्ने बताएका हुन् ।

सोमबार अर्घाखाँचीस्थित सन्धीखर्कको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू नियमित रूपमा १० बजेभित्रै कार्यालय सिंहदरवार पुगेर मन्त्रालयको रिपोर्टिङ लिने गरेको भन्दै टार्गेट अनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिएको बताएका छन् ।

‘म अहिले १० बजे नै नियमित रूपमा सिंहदरवार जाने गरेको छु । मन्त्रालयको रिपोर्टिङ लिने गरेको छु । उनीहरू एक महिनाको टार्गेट दिएको छु । जिम्मेवारी पुरा नगर्नेलाई हेरफेर गरिन्छ’, उनले भने ।

त्यस्तै उनले आफ्नै कार्यकालमा संघीय निजामती ऐन, शिक्षा ऐन, प्रहरी ऐन लगायत ऐनहरू कार्यान्वयन नहोला कि भन्ने डर भइरहेको उनले बताए । त्यसैले आफ्नो काँधमा धेरै जिम्मेवारी भएकाले त्यसलाई गम्भीरतापूर्वक लागि परेको प्रचण्डको भनाइ रहेको थियो ।


प्रकाशित मिति: १ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?