Trending
>>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने >>   हात देऊ प्रिय
Logo
२ फाल्गुन २०८२, शनिबार
२ फाल्गुन २०८२, शनिबार

समाचार


एमाले सचिव रघुवीर महासेठको जनकपुरस्थित घरमा आगजनी

जनकपुर। नेकपा (एमाले)का सचिव एवं सांसद रघुवीर महासेठको जनकपुरस्थित निवासमा प्रदर्शनकारीले ढुङ्गामुढा र आगजनी गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका–९ भरमपुरीस्थित रहेको नेता महासेठको घरमाथि जेन–जी पुस्ताका प्रदर्शनकारीहरूले ढुङ्गामुढा र आगजनी गरे ध्वस्त पारेका हुन् । आन्दोलनको दोस्रो दिन प्रदर्शनकारीहरुले राजनीतिक दलका कार्यालय, नेताका निवास तथा सरकारी कार्यालयहरुलाई लक्षित गरेर ढुङ्गामुढा

जेन–जी आन्दोलनः विपक्षी दलहरूले मागे प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौँ। संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहित विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा बसेको विपक्षी दलहरूको मंगलवारको बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव वर्षमान पुनले जानकारी दिएका छन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै न

दोस्रो दिन जेन जी प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । काठमाडौंको उपत्यकाका विभिन्न स्थानमा जेन जी पुस्ताले प्रदर्शन गरेका छन् ।

जेरुसेलम बसमा प्यालेस्टिनी बन्दुकधारीहरूद्वारा गोली हानेर ६ जनाको हत्या

इजरायल। इजरायली अधिकारीहरूले सोमवार जेरुसेलमको बस स्टपमा गोली हानेर कम्तिमा ६ जनाको मृत्यु भएको बताएका छन् । प्रहरीले दुई आक्रमणकारीले बस स्टपमा र त्यसपछि बसमा गोली हानेको बताएको छ । सुरक्षाकर्मी र एक नागरिकले जवाफी गोली हानेपछि आक्रमणकारीहरू घटनास्थलमै मारिएको बताएको छ । इजरायलको म्यागेन डेभिड एडोम एम्बुलेन्स सेवाले मृतकहरूमा

साँगामा उपत्यका प्रवेश गर्ने सवारी र मानिसलाई रोक

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकबाट उपत्यका प्रवेश गर्ने नाका  साँगामा मानिस र सवारीसाधन प्रवेशमा रोक लगाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा जारी कर्फ्यु आदेशसँगै जिल्ला प्रहरी प्रमुख कोमल शाहले प्रवेश नाकामा कडाइ गरिएको जानकारी दिएका छन् । जेनजीहरूको विरोध प्रदर्शनमा हिजो काभ्राका विभिन्न स्थानमा झडप हुँदा १९ जनाको मृत्यु भएको थियो

प्रहरी हस्तक्षेपमा टर्कीको विपक्षीको इस्तानबुल कार्यालय ट्रस्टीद्वारा कब्जा

काठमाडौं। प्रहरी हस्तक्षेपमा टर्कीको विपक्षीको इस्तानबुल कार्यालय ट्रस्टीद्वारा कब्जा गरिएको हो । मुख्य विपक्षी रिपब्लिकन पिपुल्स पार्टीको इस्तानबुल प्रान्तीय शाखाका लागि अदालतले नियुक्त ट्रस्टी गुर्सेल टेकिनले सोमवार भारी प्रहरी हस्तक्षेपमा पदभार ग्रहण गरेका हुन् । अदालतले पार्टीको प्रान्तीय कंग्रेसलाई खारेज गर्ने फैसला गरेपछि कब्जा गरिएको हो । आईतवार रातिदेखि सिएचपीका

प्रधानमन्त्री ओलीद्धारा दुख व्यक्त , सामाजिक सञ्जाल माथिको प्रतिवन्ध हटाईयो

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी प्रदर्शनमा विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण उत्पन्न परिस्थितिले नागरिकको ज्यान जाने दुःखद् परिस्थिति उत्पन्न भएको भन्दै दुख व्यक्त गरेका छन् । प्रधानमन्त्रीले सोमबार सांझ बालुवाटारमा मन्त्रीपरिषद् बैठक सकिएपछि आफ्नो भनाई विज्ञप्ती मार्फत सार्वजनिक गर्दै सरकारले सामाजिक सञ्जाल नियमन गर्न सरकारले गरेको प्रयासका सम्बन्धमा

कर्फ्यूको अवज्ञा गर्दै काठमाडौंमा बिहानैदेखि जेन जीको प्रदर्शन

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित संसद भवन परिसर लगायतका उपत्यकाका विभिन्न स्थानमा जेन जी पुस्ताले प्रदर्शन शुरु गरेका छन् । आन्दोलनको दोस्रो दिन बिहानैदेखि काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन शुरु गरेका हुन् । जेन जी पुस्ताले काठमाडौं उपत्यकासहित देशभर नै आन्दोलन चर्काउँदै लगेका छन् । काठमाडौंको कलंकी, नयाँ बानेश्वर, संसद भवन लगायतका

आहाल

सागर फुयाल उनीहरूको छोरा रेलिङ्‌मा बेरिएको थियो टाउकोमा गोली लागेर आफ्नै रगतको आहाल हेर्दै मर्यो ऊ ऊ गयो तर बाबु आमा सुत्छन कसरी अब त्यो घरमा?

रास्वपाको माग : प्रधानमन्त्रीको राजीनामा, उच्चस्तरीय छानबिन आयोग र छिटो निर्वाचन

काठमाडौं । देशभर चर्किएको जेनजी आन्दोलनप्रति समर्थन जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीको तत्काल राजीनामा माग गरेको छ । सोमबार पार्टीले जारी गरेको विज्ञप्तिमा सरकारले निर्दोष विद्यार्थीमाथि गोली प्रहार गरी हत्या गरेको भन्दै घोर आपत्ति प्रकट गरिएको छ । रास्वपाले घटनाबारे सत्य तथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन आयोग गठन

सम्वन्धित समाचारहरु