Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

केएमसीले तीन जना बिरामीको निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने


केएमसीले तीन जना बिरामीको निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने

काठमाडौं। काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) ले गरिब तथा असहाय तीन जना विरामीको निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने भएको छ ।

केएमसीले बुधवार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । केएमसीले खोटाङका १९ वर्षीय राजेश राई, मोरङका जितेन्द्र महरा तथा ताप्लेजुङका मिङ्मा खान्डु शेर्पाको निःशुल्क मिर्गौला प्रत्यारोपण प्रक्रिया अघि बढाइएको अस्पतालले जनाएको छ । उनीहरूलाई आवश्यक सम्पूर्ण उपचार सेवा निःशुल्क रूपमा उपलब्ध गराइनेछ । यसअघि अस्पतालले हुम्लाका नारायण लामाको निःशुल्क मिर्गौला प्रत्यारोपण गरी डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ ।

केएमसीका मिर्गौला प्रत्यारोपन विशेषज्ञ डा सुरेश महर्जनले मिर्गौला फेल भएपछिको पहिलो उपचार नै प्रत्यारोपन भएको बताए । उनले आर्थिक अभाव हुने र मिर्गौला दिने मान्छे नपाउँदा मात्रै डायलसीस गर्ने उनको भनाई छ । केमसीले हालसम्म ७१ जनाको सफल प्रत्यारोपन गरेको जानकारी दिएका छन् । ७१ मध्ये चार जना विदेशी नागरिकको प्रत्यारोपन गरेको उनले बताए ।

उनले भने, ‘मिर्गौला फेल भईसकेपछि त्यसको प्रथम उपचार डायलसिस होइन, मिर्गौला प्रत्यारोपण हो । आर्थिक अभावको कारण मिर्गौैला पत्यारोपण गर्न नसक्ने, मिर्गौला दिने मान्छे नपाउनेहरु मात्रै डायलसिसमा जाने हो । दुई वर्षदेखी केएमसीले मृगौला प्रत्यारोपण गर्न थालेको हो, दुई वर्षमा हामीले ७१ जनाको सफल प्रत्यारोपन गरेका छौँ, ७२ औँ प्रत्यरोपण अहिले भईरहेको छ । ७१ मा चार जना बंगलादेशी नागरिकको प्रत्यारोपन ग¥यौँ । हाम्रो सक्सेस रेट १०० प्रतिशत नै छ ।’

केएमसीका सञ्चालक डा. सुनिल शर्माले राज्यका स्वास्थ्य नीतिहरू सबै नागरिकका लागि समान रूपमा लागू हुन नसकेको बताए । संविधानले प्रत्याभुत गरेको स्वास्थ्य सेवा सबै नागरिकले समान रूपमा पाउनुपर्ने भएपनि व्यवहारमा त्यस्तो नभएको उनको भनाई छ । उनले ताप्लेजुङको ओलाङचुङ्गोलादेखि हुम्लाको सर्केगाडसम्मका नागरिकले समान हैसियतमा सेवा पाउनुपर्ने बताए । उनले मिर्गौला प्रत्यारोपण गर्ने विरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने सरकारी घोषणालाई सस्तो प्रचार मात्र भएको आरोप लगाएका छन् । उनकाअनुसार राज्यको घोषणाबाट दूरदराजका गरिब तथा लक्षित वर्ग लाभान्वित हुन सकेका छैनन् । सरकारले सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका विरामीलाई मात्रै औषधी किन्न रकम दिने गरेको प्रतिपनि असन्तुष्टी जनाए । सरकारी अस्पतालमा ६ देखि ८ महिनासम्मको पालो नआउने हुँदा विरामीहरुलाई थप आर्थिक भार पर्ने बताए । डा. शर्माले मिर्गौला प्रत्यारोपण जस्तो संवेदनशील विषयमा सरकारी र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् । सरकारले जुनसुकै अस्पतालमा प्रत्यारोपण गरेको भएपनि बिरामीलाई औषधि उपलब्ध गराउने जिम्मेवारी लिनुपर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘राज्यले बनाउने नीतिहरु नेपाली नागरिकको लागि बनाउने हुन कि होइनन् ? राज्यको नीतिले सबै नागरिकलाई समान व्यवहार गर्नुपर्छ कि पर्दैन ? देशका सबै नागरिकलाई स्वास्थ्य क्षेत्रमा सहज पहुँच पु¥याउनुपर्छ । संविधानप्रदत्त राज्यले दिनुपर्ने सुविधा समान रुपले सबै ठाउँमा ताप्लेजुङको ओलाङचुङ्गोलादेखी हुम्लाको सर्केगाडसम्मको नागरिकले समान हैसियतमा प्रयोग गर्न पाउनुपर्छ कि पर्दैन ? पाउनुपर्छ नी । तर सरकारले आफूले चलाएका र आफूलाई मन लाग्ने केही अस्पतालाई मात्रै काखी च्याप्ने गरेको छ । सस्तो प्रचारको लागी मृगौला प्रत्यारोपणको औषधि किन्नलाई राज्यले हामी पैसा दिन्छौ भन्ने तर राज्यले दिँदैन । लक्षित वर्गको नागरिकले औषधि रकम पाएको छैन । सरकारको अस्पतालहरुमा ६ देखि ८ महिनाको लाईन हुन्छ, एप्रोच नै हुँदैन । हुम्लाको विरामी काठमाडौंसम्म आईपुग्न र घर जना साँढे दुईलाख रुपैयाँसम्म खर्च हुन्छ । काठमाडौं आएर कहाँ बस्ने, ६ महिनासम्मको कसरी धान्ने ? विडम्बना छ, तर राज्य सुन्न तयार छैन । सबै सेन्टरहरुले मिर्गौला प्रत्यारोपण गर्न सक्दैनन्, यस्तो विषयमा सरकारी र निजी भन्ने हुँदैन । सरकार र निजी क्षेत्रले मिलेर काम गर्ने हो । दूर दराजबाट आउने विरामीहरुलाई सरकारले जुनसुकै अस्पतालमा मृगौला प्रत्यारोपण गरेपनि विरामीहरुलाई औषधि किन्दिने काम गर्नुपर्छ । हामीले प्रत्यारोपण निःशुल्क गरेका छौँ तर औषधि किन्न चारपाँच लाख रुपैयाँ खर्च भएको छ ।’

डा शर्माले केएमसी अस्पतालले निःशुल्क मिर्गौला प्रत्यारोपण गरेका बिरामीले पनि औषधिका लागि ४–५ लाख रुपैयाँसम्म खर्च गर्नुपरेको बताएका छन् । उनले राज्यले तत्काल निजी तथा सरकारी सबै अस्पतालमा प्रत्यारोपण गरेका विरामीलाई औषधि उपलब्ध गराउने व्यवस्था गर्न माग गरेका छन् ।


प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?