जुम्ला। काठमाडौं दक्षिणकालीस्थित लायन्स क्लब इन्टरनेशनलले सिञ्जाका चार सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । उक्त क्लबका अध्यक्ष लायन प्रमोदकुमार पौडेल, द्वितीय उपाध्यक्ष लायन राधाकृष्ण श्रेष्ठ, जोन सेयरपर्सन लायन सुन्दरकुमार आचार्य, जनसम्पर्क उपप्रमुख प्रा डा लायन रामकृष्ण महर्जन, सदस्य लायन मुरारी बास्तोला र सदस्य लायन रामचन्द्र पाण्डेको समूह सिञ्जामा
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिमा चार जना सदस्य मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले श्यामकुमार घिमिरे संयोजकत्वमा रहेको केन्द्रीय लेखा समितिमा सोमबार चार जना सदस्य मनोनीत गरेका हुन् । सो समितिमा मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार धनुषाका दिलीप ढुङ्गाना, अर्घाखाँचीका डेविड बस्याल, मकवानपुरका रमेश नेपाल र सिन्धुलीका अनन्त कार्कीलाई
महोत्तरी। महोत्तरी सहित मिथिला क्षेत्रमा सामाचकेवा पर्व आज समापन गरिँदैछ । दाजुभाइ–दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने यो पर्व आज ११औँ दिनमा समापन हुन लागेको हो । कात्तिक शुक्ल पञ्चमी अर्थात् छठ पर्वको खर्नाका दिन देखि सुरु हुने यो पर्व कात्तिक पूर्णिमाका दिन समापन गरिने मैथिल परम्परा रहेको छ ।
त्रिवेणी,रुकुम पश्चिम। जाजरकोट भूकम्पमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई राहतस्वरुप नगद वितरण गरिएको छ । कूल ४७ जना मृतक परिवारले यसअघि नै नगद प्राप्त गरे पनि कागजात मिलाउन बाँकी सात जना मृतकका परिवारले नगद प्राप्त गरेका हुन् । सानीभेरी गाउँपालिकाका–६ का १० मृतक परिवारलाई रु १६ लाख, आठबीसकोट नगरपालिकाका ३७
खजुरा,बाँके। कार्तिक शुक्ल पूर्णिमा (पूर्णमासी) का अवसरमा बाँकेका विभिन्न स्थानमा मेला सुरु भएको हो । बाँकेको राप्ती नदी सिधनियाघाट, जानकी गाउँपालिकाको गुरुवागाउँ, जोगागाउँ र राप्तीसोनारीको टिकुलीपुरमा आजदेखि मेला सुरु भएको हो । कार्तिक पूर्णिमाका दिन राप्ती नदीमा स्नान गर्नेको आज बिहानैदेखि भीड लागेको छ । नदीमा स्नान गर्न बाँकेलगायत विभिन्न
काठमाडौं। पश्चिमी वायुको प्रभावले सङ्घीय राजधानी काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा आंशिक
काठमाडौं। भूकम्प प्रभावित घरपरिवारलाई तत्काल अस्थायी आवास निर्माण गर्न बनेको कार्यविधिलाई केही संशोधन गरेर सरलीकृत गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भूकम्प प्रभावित घरपरिवारलाई तत्काल अस्थायी आवास निर्माण गर्न बनाइएको ‘भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८०’ लाई केही संशोधन गर्दै सरल बनाइएको
भरतपुर। मानिसलाई आक्रमण गरी ज्यान लिने नरभक्षी बाघलाई मकवानपुरबाट नियन्त्रणमा लिएर चितवन ल्याइएको छ । दुई जनालाई आक्रमण गरेर ज्यान लिएको बाघलाई आइतबार राति ९ः४० बजे डार्ट गरी नियन्त्रणमा लिइएको हो । मकवानपुरको मनहरि गाउँपालिका–६ बाट अन्दाजी १० वर्षको पोथी बाघ नियन्त्रणमा लिएर कसरा ल्याइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी
सुरुङ्गा,झापा। झापाको कमल गाउँपालिकामा छोराले बुवाको हत्या गरेका छन् । कमल–४ का ५० वर्षीय भोलाकुमार तामाङलाई उनकै छोरा आशिष तामाङले दाउराले टाउकोमा हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिएका छन् । उनका अनुसार छोराले आज बिहान ६ः३० बजे दाउराले हिर्काउँदा बुवाको घटनास्थलमै मृत्यु भएको
गोदावरी,कैलाली। धनगढी उपमहानगरपालिकाले दुई वटा निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको छ । उपमहानगरपालिकाले रु दुई लाख २२ हजार नौ सय ६० को लागतमा शव चिस्यान सेवा सञ्चालनमा ल्याएको हो । धेरै दिनसम्म राख्नुपर्ने शवको सुरक्षाका लागि शव चिस्यान सेवा सञ्चालनमा ल्याइएको नगर प्रमुख गोपाल हमालले बताएका छन् । उक्त