Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

धनगढी उपमहानगरले सञ्चालनमा ल्यायो निःशुल्क दुई शव चिस्यान सेवा


गोदावरी,कैलाली। धनगढी उपमहानगरपालिकाले दुई वटा निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको छ । उपमहानगरपालिकाले रु दुई लाख २२ हजार नौ सय ६० को लागतमा शव चिस्यान सेवा सञ्चालनमा ल्याएको हो ।

धेरै दिनसम्म राख्नुपर्ने शवको सुरक्षाका लागि शव चिस्यान सेवा सञ्चालनमा ल्याइएको नगर प्रमुख गोपाल हमालले बताएका छन् । उक्त चिस्यान केन्द्र विद्युतबाट सञ्चालन हुनेछ । प्रमुख हमालले उपमहानगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा चिस्यान सेवा सञ्चालन गर्ने भनिए अनुसार सो सेवा सञ्चालनमा ल्याइएको बताए । त्यस्तै, शव चिस्यान सेवालाई निरन्तरता दिने बताउँदै विदेश वा घरबाट टाढा रहेका परिवारका सदस्य आउँदासम्म मृतक शरीरको सुरक्षाका लागि चिस्यान सेवा सुरु गरिएको हमालको भनाइ रहेको छ ।

उक्त उपमहानगरपालिकाले विपन्न वर्गलाई दाउरा र किरिया खर्च गर्न रु पाँच हजार दिँदै आएको छ ।


प्रकाशित मिति: ११ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?