Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

धनगढी उपमहानगरले सञ्चालनमा ल्यायो निःशुल्क दुई शव चिस्यान सेवा


गोदावरी,कैलाली। धनगढी उपमहानगरपालिकाले दुई वटा निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको छ । उपमहानगरपालिकाले रु दुई लाख २२ हजार नौ सय ६० को लागतमा शव चिस्यान सेवा सञ्चालनमा ल्याएको हो ।

धेरै दिनसम्म राख्नुपर्ने शवको सुरक्षाका लागि शव चिस्यान सेवा सञ्चालनमा ल्याइएको नगर प्रमुख गोपाल हमालले बताएका छन् । उक्त चिस्यान केन्द्र विद्युतबाट सञ्चालन हुनेछ । प्रमुख हमालले उपमहानगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा चिस्यान सेवा सञ्चालन गर्ने भनिए अनुसार सो सेवा सञ्चालनमा ल्याइएको बताए । त्यस्तै, शव चिस्यान सेवालाई निरन्तरता दिने बताउँदै विदेश वा घरबाट टाढा रहेका परिवारका सदस्य आउँदासम्म मृतक शरीरको सुरक्षाका लागि चिस्यान सेवा सुरु गरिएको हमालको भनाइ रहेको छ ।

उक्त उपमहानगरपालिकाले विपन्न वर्गलाई दाउरा र किरिया खर्च गर्न रु पाँच हजार दिँदै आएको छ ।


प्रकाशित मिति: ११ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?