Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

सिञ्जाका ४०० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण


जुम्ला। काठमाडौं दक्षिणकालीस्थित लायन्स क्लब इन्टरनेशनलले सिञ्जाका चार सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । उक्त क्लबका अध्यक्ष लायन प्रमोदकुमार पौडेल, द्वितीय उपाध्यक्ष लायन राधाकृष्ण श्रेष्ठ, जोन सेयरपर्सन लायन सुन्दरकुमार आचार्य, जनसम्पर्क उपप्रमुख प्रा डा लायन रामकृष्ण महर्जन, सदस्य लायन मुरारी बास्तोला र सदस्य लायन रामचन्द्र पाण्डेको समूह सिञ्जामा आएर विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

त्यसैगरी झोला, स्यानिटरी प्याडलगायत सामग्रीमा विद्यार्थीलाई वितरण गरिएको क्लबका अध्यक्ष पौडेले जानकारी दिए । उनका अनुसार स्कुल व्याग चार सय थान, कापी १७ ग्रस, बलपेन एक हजार दुई सय पिस र स्यानिटरी प्याड नौ सय १३ प्याकेट गाउँपालिकाको रोहबरमा वितरण गरिएको हो । सो वितरण कार्यक्रममा मिडिया पाटनर बेल संचारको सहभागिता थियो । त्यस्तै, आगामी दिनमा पनि क्लब र सिञ्जा गाउँपालिका बीचको सम्बन्ध विस्तार गर्न क्लबको तर्फबाट थप कार्यक्रम सञ्चालन गर्ने क्लबका द्वितीय उपाध्यक्ष श्रेष्ठले बताए ।

सो गाउँपालिकाका २२ विद्यालयअन्तर्गत १० प्रतिशतका आधारमा छनोट गरिएका चार सय सय विद्यार्थीलाई उक्त शैक्षिक सामग्री क्लबले उपलब्ध गरएको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताउदै क्लबका सम्पूर्णलाई पालिकाको तर्फबाट धन्यवाद समेत दिए । उनका अनुसार पालिका कार्यालयदेखि सबैभन्दा टाढा रहेको महादेव आधारभूत विद्यालय स्याउल्याका सबै विद्यार्थीलाई उक्त सामग्री दिइने र बाँकी प्रत्येक विद्यालयबाट आवश्यकताका आधारमा १० प्रतिशतलाई दिइने छ ।

उक्त सामग्री वितरण कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष कार्यपालिका सदस्य विद्यार्थी, शिक्षक, प्रहरी, पत्रकार र विभिन्न सङ्घसंस्थाका प्रमुख लगायतको उपस्थिति रहेको सिञ्जा गाउँपालिकाले जनाएको छ ।

 


प्रकाशित मिति: ११ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?