Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

यी प्रदेशमा हल्का वर्षाको सम्भावना


काठमाडौं। पश्चिमी वायुको प्रभावले सङ्घीय राजधानी काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा आंशिक बदली रहेको छ । उनले पश्चिमी वायुको प्रभावले आज दिनभरजसो देशका अधिकांश स्थानमा आंशिकदेखि पूर्ण बदली रहने बताए । त्यस्तै, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ । “आज देशभर नै आंशिकदेखि सामान्य बदली रहने देखिएको छ । अहिले कोशी र बागमती प्रदेशमा आंशिक बदली रहेको छ भने विशेषगरी देशका पश्चिमी भेगमा बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ”, मौसमविद् लामिछानेले भने ।

उक्त महाशाखाले जारी गरेको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनमा दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

आज दिनभर बदली रहे पनि भोलिदेखि मौसम क्रमिकरुपमा सुधार आउने महाशाखाले जनाएको छ ।


प्रकाशित मिति: ११ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?