Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२८ पुष २०८२, सोमबार
२८ पुष २०८२, सोमबार

झापामा दाउराले हानेर बुवाको हत्या गर्ने छोरा पक्राउ


सुरुङ्गा,झापा। झापाको कमल गाउँपालिकामा छोराले बुवाको हत्या गरेका छन् । कमल–४ का ५० वर्षीय भोलाकुमार तामाङलाई उनकै छोरा आशिष तामाङले दाउराले टाउकोमा हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिएका छन् ।

उनका अनुसार छोराले आज बिहान ६ः३० बजे दाउराले हिर्काउँदा बुवाको घटनास्थलमै मृत्यु भएको थियो । आशिषले बुवाको टाउको र दाँहिने खुट्टामा दाउरा र कराईले प्रहार गरेको प्रहरीले जनाएको छ भने हत्या गरेर भागेका आशिषलाई प्रहरीले पक्राउ गरेको छ ।

कमल–४ कै दूधडेरी भन्ने स्थानमा लुकिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रनाउ रिजालले जानकारी दिए । सो घटनाका बारेमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोली खटिएको उनले बताएका छन् ।


प्रकाशित मिति: ११ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?