११ श्रावण, काठमाडाैँ । समाजवादी मोर्चाले चार सदस्यीय सचिवालय गठन गर्ने व्यवस्थासहितको कार्यविधि पारित गरेको छ । मोर्चामा आवद्ध दलसँगको समन्वयमा काम कारबाही तथा गतिविधिलाई व्यवस्थित बनाउन पारित गरिएको कार्यविधिमा सचिवालय तथा सचिवालयको काम, कर्तव्य र अधिकारबारे छ बुँदे व्यवस्था गरिएको छ । “मोर्चाले तय गरेको नीति, योजना र कार्यक्रमको कार्यान्वयन
११ श्रावण, तनहुँ । आन्तरिक राजस्व कार्यालय दमौलीले आयकर, मूल्य अभिवृद्वि कर र अन्तशुल्कतर्फको कर नबुझाएका व्यवसायी फर्मको बैंक खाता रोक्का गरेको छ । गोरखा, लमजुङ र तनहुँमा सञ्चालित ४७ व्यवसायी फर्मको खाता रोक्का गरेको हो । कार्यालयले गत वैशाख ५ गते पहिलो पटक सूचना प्रकाशित गरी पन्ध्र दिनभित्र बक्यौता रकम
११ श्रावण, काठमाडाैँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाको नियुक्ति सर्वोच्च अदातलले खारेज गरेको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बिहीबार मुख्यमन्त्री थापाको नियुक्ति खारेज गरेको हो । सर्वोच्चको उक्त थापाको नियुक्ति खारेज गरेसँगै कोशीमा सत्ता गठबन्धनको सरकार ढलेको छ । थापाको नियुक्ति बदर गर्दै
११ श्रावण, काठमाडाैँ । काठमाडौ नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पाले विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेका छन् । पाकिस्तानमा रहेको केटु हिमाल ब्रोडपिक (८,६११ मिटर) को हरिला र शेर्पाले आज बिहान १०ः४५ बजे सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीले जानकारी दिएको छ
११ श्रावण, पाँचथर । मङ्गलबार पाँचथरको फिदिममा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भई झापाको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत ताप्लेजुङको मिक्वाखोला गाउँपालिका– ५ पापुङकी २६ वर्षीया इसेटिमा शेर्पाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन
११ श्रावण, एजेन्सी । कुवेतले बिहीबार पाँच जनालाई मृत्युदण्ड दिएको छ । प्राण हरणको दण्ड पाउनेमा सन् २०१५ मा आत्मघाती बम विष्फोटमा संलग्न भएको आरोपमा दोषी ठहरिएका इस्लामिक स्टेट समूहका एक सदस्यसमेत रहेका कुवेति सार्वजनिक अभियोजनको कार्यालयले जनाएको छ । उक्त आक्रमणमा २६ जनाले ज्यान गुमाएका थिए । कुवेति अभियोजन कार्यालयले
११ श्रावण, काठमाडाैँ । नेकपा एमालेका महामन्त्री एवं सांसद गगन थापाले निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिवाना तिरेका छन् । उनले आज सामाजिक सञ्जालमा यसबारे जानकारी दिएका हुन्। गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै निर्वाचन आयोगले २४ सय
११ श्रावण, काठमाडाैँ । अर्थमन्त्री डा प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भन्सार विभागमा कार्यरत कर्मचारीलाई दृढताका साथ काम गर्न निर्देशन दिएका छन् । आज विमानस्थल अनुगमनपछि मन्त्री डा महतले आगामी दिनमा कुनै पनि बाहानामा वा कुनै पनि तबरबाट गैरकानुनी काम हुन नदिने प्रयासका लागि जिम्मेवार हुन आग्रह गरे ।
११ श्रावण, काठमाडाैँ । बागमती प्रदेशले आज (विहीबार) देखि सार्वजनिक यातायातको भाडा घटाएको छ । गत जेठ ११ मा भाडा समायोजन गरेको प्रदेशले पुनः भाडादर घटाएको हो । नेपाल आयल निगम साउन १ गतेबाट इन्धनको मुल्यमा स्वचालित प्रणालीमा गएसँगै प्रदेश सरकारले भाडा घटाएको श्रम ,रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका
११ श्रावण, रोल्पा। यहाँका ३९ जनाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन् । जिल्ला प्रशासन कार्यालयको आप्रवासी सूचना केन्द्रको अभिलेखअनुसार तीन वर्षको अवधिमा ३९ जनाको मृत्यु भएको हो । सूचना केन्द्रमा प्राप्त मुद्दाका आधारमा मृत्युको सङ्ख्या अद्यावधिक गरिए पनि वास्तविक मृत्यु योभन्दा धेरै हुनसक्ने सूचना केन्द्रका कर्मचारी स्मृति रोकामगरले बताए ।