Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

समाजवादी मोर्चाको कार्यविधि पारित


११ श्रावण, काठमाडाैँ । समाजवादी मोर्चाले चार सदस्यीय सचिवालय गठन गर्ने व्यवस्थासहितको कार्यविधि पारित गरेको छ । मोर्चामा आवद्ध दलसँगको समन्वयमा काम कारबाही तथा गतिविधिलाई व्यवस्थित बनाउन पारित गरिएको कार्यविधिमा सचिवालय तथा सचिवालयको काम, कर्तव्य र अधिकारबारे छ बुँदे व्यवस्था गरिएको छ ।

“मोर्चाले तय गरेको नीति, योजना र कार्यक्रमको कार्यान्वयन र अनुगमनका साथै दैनिक कार्य सञ्चालनका लागि एक सचिवालय गठनको व्यवस्था गरिएको छ । सचिवालयमा मोर्चा घटक दलबाट १/१ जना प्रतिनिधि रहने र सचिवालयले केन्द्रीय संयोजन समितिको निर्णय कार्यान्वयनका लागि कार्ययोजना बनाउने छ”, कार्यविधिमा उल्लेख गरिएको छ ।

कार्यविधिमा संयोजन समितिका सम्पूर्ण बैठक र निर्णयको सचिवालयले व्यवस्थित रूपमा अभिलेख राख्नुका साथै जुन दलले मोर्चाको अध्यक्षता गर्छ सोही दलको प्रतिनिधित्व गर्ने मोर्चाको सचिवालय सदस्य मोर्चाको सदस्य सचिव हुने व्यवस्था गरिएको छ । मोर्चाको बैठक तथा कार्यक्रमको सञ्चालन, एजेन्डा प्रस्तुत, कार्यालयको प्रशासनिक कामको नेतृत्व तथा बैठकको माइन्युट तयार गर्ने जिम्मेवारी सदस्यसचिवलाई दिइएको छ ।

सचिवालयमा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा हुनेछन् । एकीकृत समाजवादीका उपाध्यक्ष हमाललाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ ।


प्रकाशित मिति: ११ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?