Trending
>>   हात्तीको आक्रमणबाट एक जनाको मृत्यु >>   देउवा दम्पती उग्रतारा मेलामा >>   आज मिति २०८१ साल मङ्सिर ०२ गते आइतबार , हेर्नुहोस आजको राशिफल >>   विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रसँगको साझेदारी आवश्यक छ : मन्त्री भण्डारी >>   यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो, चिन्तित हुने कुरा छैन: प्रचण्ड >>   सरकार निराशालाई चिर्दै सकारात्मक सोचका साथ विकास निर्माणका तल्लीन छ : शङ्कर पोखरेल >>   काठमाडौंमा माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल >>   सरकारले मुलुकलाई समृद्धितर्फ अघि बढाएको छ : सञ्चारमन्त्री गुरुङ >>   भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने >>   करको सदुपयोग राष्ट्र समृद्धिको आधार : अर्थमन्त्री पौडेल
Logo
२ मंसिर २०८१, आईतवार
२ मंसिर २०८१, आईतवार

कुवेतमा पाँच जनालाई फाँसी


११ श्रावण, एजेन्सी । कुवेतले बिहीबार पाँच जनालाई मृत्युदण्ड दिएको छ । प्राण हरणको दण्ड पाउनेमा सन् २०१५ मा आत्मघाती बम विष्फोटमा संलग्न भएको आरोपमा दोषी ठहरिएका इस्लामिक स्टेट समूहका एक सदस्यसमेत रहेका कुवेति सार्वजनिक अभियोजनको कार्यालयले जनाएको छ । उक्त आक्रमणमा २६ जनाले ज्यान गुमाएका थिए ।

कुवेति अभियोजन कार्यालयले एक विज्ञप्ति निकालेर देशको केन्द्रीय कारागारमा मृत्युदण्डको कार्यान्वयन गरिएको र त्यसको अनुगमन गरिएको बताएको छ । मृत्युदण्ड पाएका अधिकांश हत्यामा दोषी ठहरिएका पनि उक्त कार्यालयले स्पष्ट गरेको छ । लागू औषध तस्करीमा एक जना श्रीलङ्काली नागरिकलाई पनि मृत्युदण्ड दिइएको छ । उनीहरू सबैलाई झुन्ड्याएर मृत्युदण्ड दिइएको हो ।


प्रकाशित मिति: ११ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?