Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

तीन जिल्लाका ४७ फर्मका बैंक खाता रोक्का


११ श्रावण, तनहुँ । आन्तरिक राजस्व कार्यालय दमौलीले आयकर, मूल्य अभिवृद्वि कर र अन्तशुल्कतर्फको कर नबुझाएका व्यवसायी फर्मको बैंक खाता रोक्का गरेको  छ । गोरखा, लमजुङ र तनहुँमा सञ्चालित ४७ व्यवसायी फर्मको खाता रोक्का गरेको हो ।

कार्यालयले गत वैशाख ५ गते पहिलो पटक सूचना प्रकाशित गरी पन्ध्र दिनभित्र बक्यौता रकम दाखिला गर्न अनुरोध गरिसकेको कार्यालयका निमित्त प्रमुख लोकेन्द्र राईले जानकारी दिए । व्यवसायीको आम्दानीको स्रोत खोजी गरी बक्यौता रकम दाखिला गराउने अभियानमा कार्यालय लागेको बताए ।

उक्त कार्यबाट पनि बक्यौता रकम दाखिला गराउन नसके निजको चलअचल सम्पत्ति रोक्का गर्न सकिने प्रावधान रहेको जानकारी दिँदै राईले सोही अनुरुप बैंक दाता रोक्का गरिएको बताए । उनका अनुसार तनहुँमा २८, लमजुङमा तेह्र र गोरखामा छ व्यवसायी फर्मको रकम बक्यौता रहेको छ ।

१० अर्ब बढी राजस्व सङ्कलन 

आर्थिक वर्ष २०७९/८० मा रू दश अर्ब ८० करोड राजश्व संकलन गरेको आन्तरिक राजस्व कार्यालय दमौलीले जनाएको छ । रू ११ अर्ब ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि लक्ष्य अनुरुप राजस्व सङ्कलन नभएको कार्यालयका कर अधिकृत एवं सूचना अधिकारी टीकाराम पौडेलले जानकारी दिए ।

आर्थिक वर्ष २०७८/७९ मा रू नौ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा लक्ष्य भन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको उनले बताए । उनका अनुसार उक्त वर्ष रू नौ अर्ब २४ करोड राजस्व सङ्कलन भएको थियो ।

७२ हजार बढी करदाता 

तनहुँमा ७२ हजार चार सय ४७ करदाता रहेका छन् । गत वर्षको तुलनामा करिब १० प्रतिशतका दरले करदाता वृद्वि भएको सूचना अधिकारी पौडेलले जानकारी दिए । पछिल्ला समय नागरिकमा पान नंम्बर लिएर मात्रै कारोबार गर्नुपर्छ भन्ने सचेतनाको वृद्वि हुँदै गएकाले करदाताको सङ्ख्या बढेको कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: ११ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?