Trending
>>   ‘बंगलादेशको निर्वाचन–सडकको जोस र सत्ताको होस’ >>   एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी >>   अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर >>   आगलागीको त्रास: दुई दिनमै देशभर १२ विपद्, एकको मृत्यु >>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’
Logo
९ फाल्गुन २०८२, शनिबार
९ फाल्गुन २०८२, शनिबार

समाचार


राजतन्त्रले शिर उठाउन खोज्नु मसानघाटबाट मुर्दालाई ब्युँताउने कोशिस गर्नुजस्तै होः उपपधानमन्त्री पौडेल

काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले राजतन्त्रले शिर उठाउनु मसानघाटबाट मुर्दालाई ब्युँताउने कोशिस गर्नुभएको टिप्पणी गरेका छन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालमा फेरि राजतन्त्र कहिल्यै शासनसत्तामा आउन नसक्ने बताउदै राजतन्त्रले आफ्नो औचित्यमाथि प्रश्न खडा गरेका कारण नेपाली समाजबाट सदाका लागि विदा भएर गएको उनको भनाइ

प्रमुख प्रतिपक्षीको मागमा दम र आधार छैनः सांसद रघुजी पन्त

काठमाडौँ। नेकपा एमालेका सांसद रघुजी पन्तले वर्तमान संविधानको कार्यान्वयन र रक्षाका लागि आफ्नो पार्टी प्रतिवद्ध रहेको बताएका छन् । आईतवार संसद भवनबाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले संसदमा सबैले बोल्न पाउने संवैधानिक हक भएको बताए । उनले प्रतिपक्षले संसद अवरुद्ध गरेकाले तीनकुनेमा भएको घटनाबारे गृहमन्त्रीले संसदमा जवाफ दिन नपाएको बताएका छन्

विश्वप्रकाश शर्माको प्रश्नः नागरिकले कस्तो राजा खोजेको ?

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीनकुने घटनाका मुख्य दोषी पूर्वराजा ज्ञानेन्द्र शाह भएको आरोप लगाएका छन् । आईतवार संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले राज्यले पूर्वराजालाई संविधानले व्यवस्था गरेको भन्दा बढी सुविधा दिएर राखेकोप्रति पूर्वराजाले गम्भीर भएर सोच्नुपर्ने बताएका छन् । उनले तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा शाहले

राजतन्त्र फर्काउनुपर्छ भन्नु भोक लाग्यो भनेर विष पान गर्नु हो

काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्रमा भएका कमी, कमजोरीलाई लिएर राजतन्त्र फर्काउनुपर्छ भन्नु भोक लाग्यो भनेर विष पान गर्नु सरह भएको टिप्पणी गरेका छन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिम्मत हारेर र निराश भएर नहुने भन्दै राज्यमा विकृति भए र सत्तामा बस्नेहरुले गल्ती गरे जनताले सच्याउनुपर्ने

राप्रपा उपाध्यक्ष मिश्र र महामन्त्री जबरालाई अदालतमा उपस्थित गराइयो (तस्बिरहरु)

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलसमशेर जबरालाई अदालतमा उपस्थित गराइएको छ । आईतवार उनीहरुलाई म्याद थप गर्नका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो । चैत्र १५ गते तीनकुनेमा आन्दोलनकारीहरुलाई उक्साएर घटना गराएको आरोपमा उनीहरुलाई पक्राउ गरी म्याद थप गर्नका लागि अदालतमा लगिएको हो ।

तीनकुने घटनाको सत्यतथ्य छानविन गरी दोषिउपर कारबाही गर्न सांसदहरुको माग

काठमाडौँ। चैत्र १५ गतेको तीनकुले प्रदर्शनका क्रममा भएका घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाही गर्न माग सांसदहरुले गरेका छन् । आईतवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरुले दोषीमाथि कारबाही गर्न माग गरेका हुन् । सांसदहरुले चैत्र १५ गतेको घटनामा सुरक्षाका हिसावले सरकारले कमजोरी गरेको औंल्याएका छन्

अत्याधुनिक प्रविधिद्वारा अघि बढेको जडीबुटी कम्पनी राजवादीको निशानामा

काठमाडौँ। स्वदेशी सरकारी जडीबुटी कम्पनी, गत शुक्रवार राजवादीको निशानामा पर्यो । २०३८ सालमा स्थापित नेपाल सरकारको स्वामित्व भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड राजावादीको निशानामा पर्दा ठूलो क्षति भएको छ । कम्पनीले स्थापना कालदेखि नै नेपालको विभिन्न भौगोलिक क्षेत्रमा छरिएर रहेका विभिन्न औषधियुक्त एवं सुगन्धित जडीबुटीहरु वैज्ञानिक पद्धतिबाट संकलन

संसद अवरुद्ध गरेर प्रतिपक्षी संसद सञ्चालनको विरुद्धमा गयोः रामहरि खतिवडा

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले देशमा संकट परेको बेलामा सबै दल मिलेर जानुपर्नेमा प्रमुख प्रतिपक्षका कारण संसद अवरुद्ध भएको बताएका छन् । आईतवार विपक्षीहरुको अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित भएपछि संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले देशमा समस्या परेको बेलमा सांसदहरुले एकतावद्ध भएर संसदमा आफ्नो कुरा

प्रधानमन्त्री संसदप्रति गैरजिम्मेवार बनेको सांसद सापकोटाको आरोप

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रधानमन्त्री संसदप्रति गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । आईतवार संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले तीनकुनेमा भएको व्यवस्था विरोधी घटनाका बारेमा प्रधानमन्त्रीले संसदमार्फत सम्बोधन गरेर व्यवस्थाप्रति विश्वास आर्जन गर्नुपर्ने बताए। उनले गणतन्त्रवादीहरुलाई एकताबद्ध गरी व्यवस्था सुदृढ बनाउनु पर्नेमा प्रधानमन्त्री अन्तै अल्मलिएको

राजावादीहरु कहिले जुलुस निस्केला र लुट्न पाइएला भनेर बसेको देखियो :सांसद मोहन बस्नेत

काठमाडौँ। नेपाली काँग्रेसका सांसद मोहनबहादुर बस्नेतले सरकारको कमजोरीको कारण राजावादीको प्रदर्शन अराजकतामा परिणत हुँदा पनि प्रहरी निरिह बन्नुपरेको बताएका छन् । आईतवार संघीय संसदको परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले राजावादी समूहका प्रदर्शनकारीहरु कहिले जुलुस निस्केला र लुटौंला भनेर बसेको देखिएको टिप्पणी गरेका छन् । उनले राजावादीहरु राजनीतिक इच्छाका

सम्वन्धित समाचारहरु