काठमाडाैं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को प्रभावकारिता धेरै हदसम्म कर्मचारीको क्षमता र सक्रियतामा निहित हुने बताएका छन् । सङ्घीय संसद् सेवा दिवस, २०८० का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले संसद्लाई आवश्यक पर्ने जनशक्ति, सूचना, प्रविधि, भौतिक सामग्रीलगायत उपलब्ध गराउनु सङ्घीय संसद् सचिवालयको कार्य भएको उल्लेख गरेका छन्
काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा अधिवेशन आजदेखि सुरु भएको छ । रास्वपाले पार्टी स्थापनापछि पहिलोपटक वडा अधिवेशन गर्न थालेको हो । सातै प्रदेशका एक एक वडाबाट आजदेखि वडा अधिवेशन आरम्भ भएको पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन् । “निर्वाचनपछि एक वर्षमा पार्टीको अधिवेशन सुरु
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा ५० अस्थायी आवास हस्तान्तरण गरेर फर्केका छन् ।उनले पटक पटक गरी १० दिन बसेर निरन्तर आफूसमेत खटिएर ५० टहरा बनाइ पीडित परिवारलाई हस्तारण गरेर फर्किएका हुन् । पार्टीले खटाएको आठबिसकोटमा पुगेर उनले विभिन्न वडामा ५०
ललितपुर। अभियन्ता ईः ले पुल्चोकस्थित ललितपुर महानगरपालिकाको प्राङ्गणमा उभिएर प्रदर्शन गर्न लाग्दा स्थानीयले अवरोध गरेका छन् । ईः ले फुटपाथ व्यवसायीलाई हटाउने ललितपुर महानगरपालिकाको निर्णयको विरोध गर्दै मङ्गलवार दिउँसो ३ बजे महानगरपालिकाको प्राङ्गणमा १०८ मिनेट उभिएर प्रदर्शन गर्न लागेका थिए । त्यस्तै, स्थानीयले अवरोध गर्दा ईः समर्थक र स्थानीयबीच केहीबेर
टक्सार,भोजपुर। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले आर्थिक समृद्धिका लागि उच्च प्राथमिकता दिएको बताएका छन् । एमाले भोजपुर टेम्केमैयुङ गाउँपालिका कमिटीद्वारा आज अन्नपूर्णमा आयोजित सभालाई सम्बोधन गर्दै उनले देशको आर्थिक अवस्थालाई माथि उठाउनुपर्नेमा जोड दिए। यही मङ्सिर १४ देखि सुरुआत भएको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल
काठमाडाैं। अर्थमन्त्री डा. प्रकाशशरण महतले कोरोनाको बीमा दाबी भुक्तानीमा झुटो विवरण पेस भएको दाबी गरेका छन् । अर्थ मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री महतले सो जानकारी दिएका हुन् । उनले वास्तविक विवरण आएपछि बीमाको भुक्तानी हुने स्पष्ट पारे । सरकारले कोरोना बीमाको दाबी भुक्तानीका लागि १० अर्ब रुपैयाँ निकासा
काठमाडाैं। सङ्घीयता कार्यान्वयनका सन्दर्भमा सङ्घ सरकारसँग छिनोफानो गर्न भन्दै हेटौँडामा सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक हुने भएको छ । आउँदो पुस १३ गते बागमती प्रदेशको राजधानी हेटौँडामा मुख्यमन्त्रीहरूको बैठक हुने भएको हो । त्यस्तै, गत असार १५ र १६ गते पोखरामा भएको मुख्यमन्त्रीहरूको अन्तर प्रदेश बैठक र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को
काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी जलवायु परिवर्तनसम्बन्धी थप खोज–अनुसन्धान गर्न काठमाडाैं विश्वविद्यालयलाई आग्रह गरेका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित विश्वविद्यालयको २९औंँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले स्थानीय समुदायमा जलवायु परिवर्तनको प्रतिकूल प्रभाव न्यूनीकरण गर्न, अनुकूलनका स्थानीय तौरतरिका र राहतका उपाय खोजी गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्राज्ञिक अनुसन्धान
काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले युवा कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । पुष २७ गते पृथ्वी जयन्तीको अवसरमा पृथ्वी नारायण शाह, राष्ट्रिय एकता र देशभक्तिसँग सम्बन्धित विषयमा युवा कविता प्रतियोगिता आयोजना गर्ने प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।
बलेवा,बागलुङ। ढोरपाटन शिकार आरक्ष भएर बागलुङ, रुकुम पूर्व र म्याग्दी जोडिने विभिन्न सडक सहज तरिकाले निर्माणका लागि सरोकारवालाबीच छलफल थालिएको छ । शिकार आरक्ष हुँदै बागलुङ र छिमेकी जिल्ला जोड्ने सडक जोड्नका लागि स्थानीय तह र शिकार आरक्ष कार्यालयले सहजीकरण गर्ने गरी छलफल सुरु भएको हो । ‘हिमाली राष्ट्रिय निकुञ्ज