Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

ललितपुर महानगरमा ईः को प्रदर्शन, स्थानीयको अवरोध


ललितपुर। अभियन्ता ईः ले पुल्चोकस्थित ललितपुर महानगरपालिकाको प्राङ्गणमा उभिएर प्रदर्शन गर्न लाग्दा स्थानीयले अवरोध गरेका छन् । ईः ले फुटपाथ व्यवसायीलाई हटाउने ललितपुर महानगरपालिकाको निर्णयको विरोध गर्दै मङ्गलवार दिउँसो ३ बजे महानगरपालिकाको प्राङ्गणमा १०८ मिनेट उभिएर प्रदर्शन गर्न लागेका थिए ।

त्यस्तै, स्थानीयले अवरोध गर्दा ईः समर्थक र स्थानीयबीच केहीबेर धक्कामुक्कीसमेत भएको थियो । उक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । यसअघि अभियन्ता ईः ले फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने माग गरेर काठमाडाैंको राष्ट्रिय सभागृह अगाडि १ सय ९९ घण्टा उभिएर प्रदर्शन गरेका थिए ।

उक्त महानगरपालिकाले पैदल यात्रु, सवारी आवागमन तथा ऐतिहासिक महत्त्वका स्थानहरूमा अवरोध परेको भन्दै मंसिर २४ गतेदेखि लगनखेल–मंगलबजार रुटमा साँझ–बिहान पनि फुटपाथ पसल राख्न निषेध गरेको थियो ।

असोज १० मा काठमाडाैं महानगरपालिका र ईः बीच सम्झौता भएको थियो । उक्त सम्झौता अझै कार्यान्वयनमा आएको छैन भने त्यतिबेला अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानुनी व्यवस्था समेतको प्रबन्ध गर्नुपर्ने लगायत माग थियो ।


प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?