Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सडक खोल्न आरक्ष कार्यालयद्वारा सहजीकरण


बलेवा,बागलुङ। ढोरपाटन शिकार आरक्ष भएर बागलुङ, रुकुम पूर्व र म्याग्दी जोडिने विभिन्न सडक सहज तरिकाले निर्माणका लागि सरोकारवालाबीच छलफल थालिएको छ । शिकार आरक्ष हुँदै बागलुङ र छिमेकी जिल्ला जोड्ने सडक जोड्नका लागि स्थानीय तह र शिकार आरक्ष कार्यालयले सहजीकरण गर्ने गरी छलफल सुरु भएको हो ।

‘हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०३६ को दफा ३० मा संरक्षित क्षेत्रभित्र कुनै भौतिक पूर्वाधार निर्माण गर्नुपूर्व मन्त्रालयको सहमति लिनुपर्ने’ उल्लेख छ । उक्त कानुनी व्यवस्थालाई समन्वय र सहमतिमा कार्यान्वयन गर्ने र बागलुङ, रुकुम पूर्व र म्याग्दी जोड्ने सडक नाका खुलाउन सरोकारवाला सहमत भएका हुन् ।

त्यस्तै, तीन जिल्लाका सरोकारवाला, जनप्रतिनिधि र शिकार आरक्ष कार्यालयबीच भएको ‘संरक्षण कार्यमा सरोकारवाला बीचको समन्वय गोष्ठी’ले चार वटा सडक निर्माणका लागि स्थानीय तह र आरक्ष कार्यालयको समन्वयमा अघि बढ्ने निर्णय गरेका हुन् भने सो निर्णय अनुसार आरक्ष क्षेत्रमा सडक निर्माणका लागि स्थानीय तहले आवश्यक निर्णय लिने छन् ।

स्थानीय तहको निर्णय, कार्यालयले पेस गर्ने क्षतिको विवरण र वातावरणी अध्ययनपछि मन्त्रालयले लिने निर्णयले सडक निर्माणमा सहयोग गर्ने आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताएका छन् ।

त्यसैगरी, निसेलढोर–तकसेरा, निसी–भलकोट निसेलढोर, गाडीखोला देउराली ढोरपाटन र तल्लो जलजलादेखि लमसङसम्मको सडक खण्ड कानुनी अड्चनका कारण जोडिन सकेका छैनन् । आरक्षको संरक्षित वन तथा वन्यजन्तु जोगिने र पूर्वाधार पनि निर्माण हुने गरी समन्वय सुरु भएको कँडेलले बताए ।

‘कानुनी समस्याका कारण रोकिएका सडक जोड्न छलफल सुरु भएको हो, कतै पनि हानी नहुनेगरी पूर्वाधार निर्माण हुनुपर्छ,’ कँडेलले भने “तीन जिल्लाको सडक सञ्जाल जोडिदा ढोरपाटन शिकार आरक्ष र आसपासका स्थानीय सबैलाई फाइदा हुन्छ ।”

उक्त गोष्ठीले मध्यवर्ती क्षेत्रका विषयमासमेत स्थानीयवासीसँग थप छलफल गर्ने निर्णय गरेको छ भने ढोरपाटन शिकार आरक्ष क्षेत्र आसपासका सर्वसाधारण तयार नहुँदा यहाँ मध्यवर्ती क्षेत्र घोषणा हुनसकेको छैन् । शिकार आरक्षमा चोरी शिकारी नियन्त्रणका लागि स्थानीय तह र सरोकारवाला सबैले पहल गर्ने निर्णय भएको छ ।

सो ढोरपाटन शिकार आरक्ष क्षेत्रको संरक्षण र  प्रवर्धनका लागि आरक्ष कार्यालय र नेपाली सेना,देवीबक्स गुल्मले संयुक्तरुपमा गोष्ठीको आयोजना गरेका थिए ।


प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?