Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

सडक खोल्न आरक्ष कार्यालयद्वारा सहजीकरण


बलेवा,बागलुङ। ढोरपाटन शिकार आरक्ष भएर बागलुङ, रुकुम पूर्व र म्याग्दी जोडिने विभिन्न सडक सहज तरिकाले निर्माणका लागि सरोकारवालाबीच छलफल थालिएको छ । शिकार आरक्ष हुँदै बागलुङ र छिमेकी जिल्ला जोड्ने सडक जोड्नका लागि स्थानीय तह र शिकार आरक्ष कार्यालयले सहजीकरण गर्ने गरी छलफल सुरु भएको हो ।

‘हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०३६ को दफा ३० मा संरक्षित क्षेत्रभित्र कुनै भौतिक पूर्वाधार निर्माण गर्नुपूर्व मन्त्रालयको सहमति लिनुपर्ने’ उल्लेख छ । उक्त कानुनी व्यवस्थालाई समन्वय र सहमतिमा कार्यान्वयन गर्ने र बागलुङ, रुकुम पूर्व र म्याग्दी जोड्ने सडक नाका खुलाउन सरोकारवाला सहमत भएका हुन् ।

त्यस्तै, तीन जिल्लाका सरोकारवाला, जनप्रतिनिधि र शिकार आरक्ष कार्यालयबीच भएको ‘संरक्षण कार्यमा सरोकारवाला बीचको समन्वय गोष्ठी’ले चार वटा सडक निर्माणका लागि स्थानीय तह र आरक्ष कार्यालयको समन्वयमा अघि बढ्ने निर्णय गरेका हुन् भने सो निर्णय अनुसार आरक्ष क्षेत्रमा सडक निर्माणका लागि स्थानीय तहले आवश्यक निर्णय लिने छन् ।

स्थानीय तहको निर्णय, कार्यालयले पेस गर्ने क्षतिको विवरण र वातावरणी अध्ययनपछि मन्त्रालयले लिने निर्णयले सडक निर्माणमा सहयोग गर्ने आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताएका छन् ।

त्यसैगरी, निसेलढोर–तकसेरा, निसी–भलकोट निसेलढोर, गाडीखोला देउराली ढोरपाटन र तल्लो जलजलादेखि लमसङसम्मको सडक खण्ड कानुनी अड्चनका कारण जोडिन सकेका छैनन् । आरक्षको संरक्षित वन तथा वन्यजन्तु जोगिने र पूर्वाधार पनि निर्माण हुने गरी समन्वय सुरु भएको कँडेलले बताए ।

‘कानुनी समस्याका कारण रोकिएका सडक जोड्न छलफल सुरु भएको हो, कतै पनि हानी नहुनेगरी पूर्वाधार निर्माण हुनुपर्छ,’ कँडेलले भने “तीन जिल्लाको सडक सञ्जाल जोडिदा ढोरपाटन शिकार आरक्ष र आसपासका स्थानीय सबैलाई फाइदा हुन्छ ।”

उक्त गोष्ठीले मध्यवर्ती क्षेत्रका विषयमासमेत स्थानीयवासीसँग थप छलफल गर्ने निर्णय गरेको छ भने ढोरपाटन शिकार आरक्ष क्षेत्र आसपासका सर्वसाधारण तयार नहुँदा यहाँ मध्यवर्ती क्षेत्र घोषणा हुनसकेको छैन् । शिकार आरक्षमा चोरी शिकारी नियन्त्रणका लागि स्थानीय तह र सरोकारवाला सबैले पहल गर्ने निर्णय भएको छ ।

सो ढोरपाटन शिकार आरक्ष क्षेत्रको संरक्षण र  प्रवर्धनका लागि आरक्ष कार्यालय र नेपाली सेना,देवीबक्स गुल्मले संयुक्तरुपमा गोष्ठीको आयोजना गरेका थिए ।


प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?